काठमाडौं । स्पेनिस मिडफिल्डर पेड्रीले युरोपियन च्याम्पियनसिपको बाँकी गुमाउने भएका छन् ।
शुक्रबार जर्मनीविरुद्धको क्वार्टरफाइनलमा घाइते भएपछि पेड्रीले खेलको आठौं मिनेटमै मैदान छाडेका थिए । जर्मनीका टोनी क्रुजको खराब ट्याकलका कारण पेड्रीको घुँडामा गहिरो चोट लागेको छ ।
‘पेड्रीको बायाँ घुँडामा गहिरो चोट लागेको छ,’ स्पेनिस फुटबल महासंघले भनेको छ, ‘यस्तो चोट निको हुन हप्तौं लाग्छ । त्यसैले पेड्री युरोपियन च्याम्पियनसिपमा देखिने छैनन् ।’

स्पेनले प्रतियोगिताको सेमिफाइनलमा बुधबार फ्रान्सको समाना गर्दैछ । यदी उक्त खेल जितेर फाइनल स्पेन फाइन पुगे पनि पेड्री मैदानमा देखिने छैनन् ।
यसैगरी रक्षक ड्यान कार्भहालले पनि सेमिफाइन गुमाउने छन् । उनले जर्मनीविरुद्ध रातो कार्ड ब्यहोरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
