फाल्गुन २७, २०८२ बुधबार | ०४:०९:५७
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

‘इङ्ल्यान्ड र नेदरल्यान्ड्सले अझै राम्रो खेल्न सक्छन’

नेदरल्यान्ड्सका रक्षक नाथान एके

काठमाडौं । नेदरल्यान्ड्सका रक्षक नाथान एकेले इङ्ल्यान्डविरुद्धको युरो २०२४ सेमिफाइनलका लागि तयारीमा रहँदा आफूहरु सपना पूरा हुने क्षणको निक्कै नजिक पुगेको बताएका छन् ।

टर्कीविरुद्धको क्वार्टरफाइनलमा जित हासिल गर्नका लागि नेदरल्यान्ड्सले सुरुमा गोल खानाका बावजुद शनिबार २-१ को जित हासिल गरेको थियो । सेमिफाइनलमा टोलीले अघिल्लो संस्करणको उपविजेता इङ्ल्यान्डको सामना गर्नेछ । जुन जारी प्रतियोगितामा टोलीका लागि अहिलेसम्मकै सबभन्दा कठिन परिक्षा हुन सक्नेछ ।

म्यानचेस्टर सिटीका लागि व्यावसायिक फुटबल खेल्ने एकेका लागि इङ्ल्यान्डविरुद्धको खेल नौलो हुने छैन । मैदानमा विपक्षीका रुपमा उनीसँग आफ्नै क्लबका धेरै सहयात्रीहरु हुनेछन् ।

‘म त्यो खेलको व्यग्र प्रतिक्षामा छु । त्यहाँ मैले प्रिमियर लिगमै चिनिसकेका थुप्रै खेलाडी हुनेछन् । हामीलाई इङ्ल्यान्डका सबै खेलाडीको व्यक्तिगत क्षमताबारे राम्रो जानकारी छ । उसै पनि यो सेमिफाइनल हो । सेमिफाइनल कठिन हुन्छ भन्नेमा हामी सचेत छौं, तर हामीले विस्तारै लय समाइरहेका छौं,’ एकेले भने, ‘हाम्रा लागि प्रतियोगिताको सुरुआत नै कठिन रहेको थियो । अहिले फेरि हामीले अर्को परिक्षा पार गरेका छौं । त्यसैले हामी इङ्ल्यान्डविरुद्धको खेलका लागि तयार छौं ।’

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट

इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलमा को दाबेदार र को अन्डरडग भन्ने प्रश्नमा एकेको जवाफ प्रष्ट थियो, ‘को अन्डरडग भन्ने कुराले फुटबलको यो अवस्थामा कुनै अर्थ राख्दैन । हामी आफैमा केन्द्रित छौं । हामी आफ्नै योजना र रणनीतिमा विश्वस्त छौं । मुख्य कुरा हामीलाई के गर्नुपर्छ भन्ने थाहा छ र हामी एउटा ऐतिहासिक सफलताको नजिक छौं ।’

दुवै टोलीले सेमिफाइनल प्रवेश गर्ने यात्राको संघर्ष दौरान आफ्नै समर्थक र मिडियाबाट थुप्रै आलोचना बेहोरिसकेका छन् ।

युरो २०२१ को उपविजेता इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डमाथि जित हासिल गर्न पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपरेको थियो । स्लोभेनियासँग गोलरहित बराबरी नतिजा निस्किँदा इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटलाई आफ्नै समर्थकले प्लास्टिकका बोटल हानेका थिए । यतिमात्र नभई पूरा प्रतियोगिता दौरान उनले थुप्रै प्रश्न र आलोचनाहरुको सामना गर्नुपरेको छ ।

‘सेमिफाइनल पुग्ने हरेक टिमलाई उपाधिको दाबेदार मान्न सकिन्छ,’ एके भन्छन् । तर निक्कै कमजोर पारामा समूह चरणको सुरुआत गरेको नेदरल्यान्ड्स उस्तै संघर्षमय प्रदर्शनको निरन्तरताका बावजुद सेमिफाइनल पुगेकोमा आफूहरु निक्कै उत्साहित भएको उनको भनाई थियो ।

अस्ट्रियासँग ३-२ को हार भोग्दै समूह ‘डी’मा यात्रा थालेको नेदरल्यान्ड्सले दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी नतिजा निकालेको थियो । अन्तिम खेलमा पोल्यान्डमाथि २-१ को जित हासिल गर्दै टोली समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ लाई छानिएको थियो ।

नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पो

अन्तिम १६ मा रोमानियालाई ३-० को प्रभावशाली नतिजामा हराए पनि टर्कीविरुद्धको क्वार्टरफाइनलमा पहिलो हाफ नेदरल्यान्ड्सका लागि विर्सनलायक थियो । पहिलो हाफमै गोल खानाका बावजुद टोली अन्तिम समयमा दुई गोल फर्काउँदै सेमिफाइनल पुग्न भने सफल भएको थियो ।

जर्जियाका जर्जस मिकाउटाजे, जर्मनीका जमाल मुसियाला र स्लोभाकियाका इभान शरान्जसँगै समान तीन गोलका साथ युरो २०२४ को उच्च गोलकर्ताको दौडमा रहेका लिभरपुलका डच फरवार्ड कोडी गाक्पोले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स दुवैले जित्नुले राम्रो संकेत गरेको बताए ।

‘इङ्ल्यान्डले जित्नु राम्रो संकेत हो, हामीले जस्तै ! सेमिफाइनल पक्कै राम्रो हुनेछ । पक्कै पनि सेमिफाइनलमा दुवै टिमले राम्रो फुटबल खेल्न सक्नेछन् । यो सबैलाई थाहा छ । तर हाम्रो लक्ष्य जित्नु नै हुनेछ,’ गाक्पोले भने ।

डच प्रशिक्षक रोनाल्ड कोम्यानले युरोपेली फुटबलका दुई ठूला महारथीबीचको खेलमा आफूहरुले संघर्ष गर्नुपर्ने स्वीकारे । ‘इङ्ल्यान्डको टिममा धेरै राम्रा खेलाडीहरु छन् । तर मेरो विचारमा हामीसँग पनि राम्रा खेलाडीको कमी छैन,’ कोम्यानले भने, ‘हामी अहिले सेमिफाइनलमा छौं । यो कसैले पहिला कल्पना गरेको थिएन । अब हामी डर्टमण्डको सुन्दर रंगशालामा खेल्नेछौं । त्यहाँ पनि धेरैले नसोचेको नतिजा ल्याउनेछौं ।’


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||