भाद्र २७, २०८२ शनिबार | ०८:२२:५३
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

गर या मरको स्थितिमा क्रोएसिया, इटालीलाई एक अंक भए पुग्ने

फाइल तस्विर

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा सोमबार राति दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत लाइपजिगमा दोस्रो स्थानका लागि क्रोएसिया र इटालीले आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् । अर्को खेलमा आल्बानियाले स्पेनको सामना गर्नेछ । आल्बानिया पनि स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाउन चाहन्छ ।

ग्रुप अफ डेथ मानिएको यो समूहमा स्पेन दुई जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने इटाली एक जित र एक हारका साथ तीन अंक जोड्दै दोस्रो स्थानमा छ । आल्बानिया र क्रोएसियाको समान एक अंक छ ।

इटालीलाई थाहा छ आल्बानियाले स्पेनलाई हराउन नसके, अन्तिम १६ मा स्थान बनाउन क्रोएसियाविरुद्ध एक अंक काफी हुनेछ ।

आफ्नो दोस्रो खेलमा आल्बानियाविरुद्ध क्रोएसियाले अन्तिम समयमा बराबरी गोल खाएको थियो । जसका कारण क्रोएसिया तालिकाको पुछारमा छ । तर, इटालीलाई हराउन सके क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना जिवितै रहनेछ ।

यसका लागि स्पेनले आल्बानियालाई हार तथा बराबरीमा रोक्नुपर्नेछ । आल्बानियाले जित हासिल गरे पनि गोल भिन्नताका आधारमा क्रोएसिया आल्बानियाभन्दा अगाडि रहन सक्छ ।

हारको सामना गरे फिफा विश्वकपको कास्य पदक विजेता प्रतियोगिताको सुरुआती चरणबाटै बाहिरिनेछ । पहिलो खेलमा स्पेनसँग ३-० ले पराजित क्रोएसियाले दोस्रो खेलमा आल्बानियाविरुद्ध २-२ को बराबरी खेल्यो । पहिलो हाफमा एक गोलले पछाडि परेको क्रोएसियाले दोस्रो खेलमा दुई गोल गर्दै अग्रता लिएको थियो । तर, इन्जुरी समयको अन्तिम सेकेन्डमा आल्बानियाले क्रोएसियाबाट अंक खोसेको थियो ।

यसपालि क्रोएसियाले गत संस्करणको तुलनामा बढी गोलको प्रयास गरेको छ । तर, ढल्कँदो उमेरका कारण मिडफिल्डबाट अपेक्षित खेल निस्किएको छैन । त्यस्तै अग्रपङ्क्तिमा पनि क्रोएसिया चुकिरहेको छ ।

उता साबिक विजेता इटालीले दोस्रो खेलमै अन्तिम १६ मा स्थान बनाइसक्थ्यो । तर, स्पेनविरुद्ध १-० को हार बेहोरेपछि अहिले इटालीलाई सुरुआती चरणबाटै बाहिरिने डर छ । स्पेनले २२ वर्षिय बोलोग्नाका रक्षक रिकार्डो कालाफियोरीको आत्मघाती गोलका कारण इटालीविरुद्ध तीन अंक प्राप्त गरेको थियो । यद्यपि इटाली खेलमा सबै पक्षमा बलियो देखिएको थियो ।

सोमबार इटालीले क्रोएसियाविरुद्ध हार टार्नुपर्नेछ । यदि इटाली हारे, आल्बानियाले स्पेनविरुद्ध अप्रत्याशित जित निकाले इटाली सम्भवतः प्रतियोगिताबाट बाहिरिनेछ । र टोलीको उपाधि रक्षाको सपना सकिनेछ ।
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS