एएफसी च्यालेन्ज लिग

प्रारम्भिक चरणमा चर्च ब्वाइजले पारो एफसीको सामना गर्ने

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीको सामना गर्ने भएको छ।

यी दुई टोलीबीचको खेल अगस्ट १३ मा हुनेछ। यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ।

मुख्य प्रतियोगिता अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।