काठमाडौं । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ९८औं स्थानमा पुगेको छ। यसअघि नेपाल १००औं स्थानमा थियो।
नेपालले १२०८.४२ अंक प्राप्त गरेको छ । २०९९.८९ अंकका साथ स्पेन वरियताको शीर्ष स्थानमा कायम छ ।
यसैगरी फ्रान्स, इङ्ल्यान्ड, जर्मनी, अमेरिका, स्विडेन, जापान, क्यानाडा, ब्राजिल र उत्तर कोरिया क्रमशः दोस्रोदेखि १०औं स्थानमा छन्।
दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत ६७औं स्थानमा छ । यसैगरी बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८, माल्दिभ्स १६१ र भुटान १७३औं स्थानमा छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
