चैत्र १३, २०८२ शुक्रबार | १२:५३:२३
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

रोशनको उत्कृष्ट प्रदर्शनमा समाज कल्याणको सहज जित

तस्विरः एन्फा

काठमाडौं । रोशन क्षेत्रीको उत्कृष्ट प्रदर्शनप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा झम्सिखेल युवा क्लबविरुद्ध ६-३ को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार समाज कल्याणलाई जित दिलाउन रोशनले पाँच गोल गर्दा डिकेश लामाको नाममा एक गोल रह्यो । झम्सिखेलका लागि विवस लावती, आर्यन थापामगर र ओम धामीले गोल फर्काए ।

जितसँगै १३ खेलमा १९ अंक जोडेको समाज कल्याणले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित झम्सिखेल समान खेलबाट १६ अंकका साथ सातौं स्थानमा छ

खेलको नवौं मिनेटमा रोशनको गोलमार्फत समाज कल्याणले अग्रता लियो । उनले निरज परियारको पासलाई सदुपयोग गरे ।

१० मिनेटपछि नै रोशनले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दा समाज कल्याण २-० ले अगाडि बढ्यो । झम्सिखेलका गोलकिपर विपिन चौधरीले रोशनलाई नै लडाएपछि समाज कल्याणले पेनाल्टीको अवसर पाएको थियो ।

डिकेशले २८औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । उनले रोशनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

तस्विरः एन्फा

रोशनले ३२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा समाज कल्याण ४-० ले अगाडि बढ्यो । सन्दीप सेन्चुरीको क्रसमा उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

प्रतियोगितामा रोशनको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले मनोहरा युनाइटेड युवा क्लबविरु पनि ह्याट्रिक पूरा गरेका थिए ।

विवसले ४१औं मिनेटमा ओम धामीको पसलाई पोस्टको दिशा दिँदा खेल ४-१ को स्थितीमा आयो । ७२औं मिनेटमा आर्यनले झम्सिखेलका लागि दोस्रो गोल गरे ।

रोशनले ८०औं मिनेटमा ब्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे । तीन मिनेटपछि नै रोशनले पाँचौ गोल गर्दा समाज कल्याण ६-१ ले अगाडि बढ्यो । उनले डिकेशको पासलाई सदुपयोग गरे ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ओमले गोल गर्दा खेल ६-३ को स्थितीमा सकियो । उनले मनकुमार राईको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो