माघ १५, २०८२ बिहीबार | ०५:१२:४४
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

रोशनको उत्कृष्ट प्रदर्शनमा समाज कल्याणको सहज जित

तस्विरः एन्फा

काठमाडौं । रोशन क्षेत्रीको उत्कृष्ट प्रदर्शनप्रेरित समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा झम्सिखेल युवा क्लबविरुद्ध ६-३ को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार समाज कल्याणलाई जित दिलाउन रोशनले पाँच गोल गर्दा डिकेश लामाको नाममा एक गोल रह्यो । झम्सिखेलका लागि विवस लावती, आर्यन थापामगर र ओम धामीले गोल फर्काए ।

जितसँगै १३ खेलमा १९ अंक जोडेको समाज कल्याणले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित झम्सिखेल समान खेलबाट १६ अंकका साथ सातौं स्थानमा छ

खेलको नवौं मिनेटमा रोशनको गोलमार्फत समाज कल्याणले अग्रता लियो । उनले निरज परियारको पासलाई सदुपयोग गरे ।

१० मिनेटपछि नै रोशनले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दा समाज कल्याण २-० ले अगाडि बढ्यो । झम्सिखेलका गोलकिपर विपिन चौधरीले रोशनलाई नै लडाएपछि समाज कल्याणले पेनाल्टीको अवसर पाएको थियो ।

डिकेशले २८औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । उनले रोशनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

तस्विरः एन्फा

रोशनले ३२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा समाज कल्याण ४-० ले अगाडि बढ्यो । सन्दीप सेन्चुरीको क्रसमा उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

प्रतियोगितामा रोशनको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले मनोहरा युनाइटेड युवा क्लबविरु पनि ह्याट्रिक पूरा गरेका थिए ।

विवसले ४१औं मिनेटमा ओम धामीको पसलाई पोस्टको दिशा दिँदा खेल ४-१ को स्थितीमा आयो । ७२औं मिनेटमा आर्यनले झम्सिखेलका लागि दोस्रो गोल गरे ।

रोशनले ८०औं मिनेटमा ब्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे । तीन मिनेटपछि नै रोशनले पाँचौ गोल गर्दा समाज कल्याण ६-१ ले अगाडि बढ्यो । उनले डिकेशको पासलाई सदुपयोग गरे ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ओमले गोल गर्दा खेल ६-३ को स्थितीमा सकियो । उनले मनकुमार राईको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।