काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ र चावहिल स्पोर्टस क्लब ‘बी’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार फाइनल प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले चावहिल ‘ए’ लाई ५-१ ले पराजित गर्यो ।
फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले दुई तथा सरोज थापा, राजकुमार केसी र कमल विष्टले समान एक गोल गरे । चावहिल ‘ए’ का निमा लामाले सान्त्वना गोल फर्काए ।
दोस्रो सेमिफाइनलमा चावहिल ‘बी’ ले फ्रिडम ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हरायो । निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
