काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ र चावहिल स्पोर्टस क्लब ‘बी’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार फाइनल प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले चावहिल ‘ए’ लाई ५-१ ले पराजित गर्यो ।
फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले दुई तथा सरोज थापा, राजकुमार केसी र कमल विष्टले समान एक गोल गरे । चावहिल ‘ए’ का निमा लामाले सान्त्वना गोल फर्काए ।
दोस्रो सेमिफाइनलमा चावहिल ‘बी’ ले फ्रिडम ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हरायो । निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
