माघ १८, २०८२ आइतबार | १८:५०:४२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

पिएसजीलाई उपाधि, एम्बाप्पेको सुखद् बिदाइ

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

शनिबार राति डेकाथलन एरिनामा भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले हराएको हो । पिएसजीको जितमा औसमाने डेम्बेले र फावियन लुइजले गोल गरे ।

उपाधिसँगै पिएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद् बिदाइ गरेको  छ । फाइनलमा भने उनी गोलविहिन भए । फ्रेन्च लिग वान उपाधि उचालेको पिएसजी यस सिजन पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट माथि बढ्न सकेन ।

पछिल्लो १२ वर्षमा ११ लिग उपाधि जितेपनि च्याम्पियन्स लिग उपाधि विहिन भएपछि एम्बाप्पेले सिजनसँगै क्लब छाड्ने निर्णय लिएका हुन् । उनी स्पेनिस महारथी रियाल मड्रिड जाने चर्चा छ ।

फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताएका एम्बाप्पेले पिएसजीबाट ३०८ खेल खेल्दा २५६ गोल गरेका छन् । सन् २०१७ मा मानाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे क्लब इतिहासमा सर्वाधिक गोल गर्ने एक्ला खेलाडी हुन् ।

फाइनलमा लुइस इन्रिक्वेको टोलीलाई डेम्बेलेले २२औं मिनेटमा अग्रता दिलाएका थिए । फावियनले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाए । ओ ब्रियनले ५५औं मिनेटमा लियोनको लागि गोल गरेपनि पिएसजी अग्रता कायम राख्दै उपाधि उचाल्न सफल भएको हो ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।