चैत्र १२, २०८२ बिहीबार | १९:०२:४८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

पिएसजीलाई उपाधि, एम्बाप्पेको सुखद् बिदाइ

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

शनिबार राति डेकाथलन एरिनामा भएको खेलमा पिएसजीले लियोनलाई २–१ ले हराएको हो । पिएसजीको जितमा औसमाने डेम्बेले र फावियन लुइजले गोल गरे ।

उपाधिसँगै पिएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद् बिदाइ गरेको  छ । फाइनलमा भने उनी गोलविहिन भए । फ्रेन्च लिग वान उपाधि उचालेको पिएसजी यस सिजन पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट माथि बढ्न सकेन ।

पछिल्लो १२ वर्षमा ११ लिग उपाधि जितेपनि च्याम्पियन्स लिग उपाधि विहिन भएपछि एम्बाप्पेले सिजनसँगै क्लब छाड्ने निर्णय लिएका हुन् । उनी स्पेनिस महारथी रियाल मड्रिड जाने चर्चा छ ।

फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताएका एम्बाप्पेले पिएसजीबाट ३०८ खेल खेल्दा २५६ गोल गरेका छन् । सन् २०१७ मा मानाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे क्लब इतिहासमा सर्वाधिक गोल गर्ने एक्ला खेलाडी हुन् ।

फाइनलमा लुइस इन्रिक्वेको टोलीलाई डेम्बेलेले २२औं मिनेटमा अग्रता दिलाएका थिए । फावियनले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाए । ओ ब्रियनले ५५औं मिनेटमा लियोनको लागि गोल गरेपनि पिएसजी अग्रता कायम राख्दै उपाधि उचाल्न सफल भएको हो ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो