चैत्र ३, २०८२ मंगलबार | २२:०९:१२
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

इटालीको प्रारम्भिक टोली घोषणा

काठमाडौं । युरोपियन च्याम्पियनसिपका लागि इटालीको प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक लुसियानो स्पालेट्टीले ३० सदस्यीय प्राभरम्भिक टोली घोषणा गरे ।

स्पालेट्टीले आफ्नो प्रारम्भिक टोलीमा निकोलो फागिओलीलाई पनि समावेश गरेका छन् । उनी सट्टेबाजी निययम उल्लंघन गरेको कारण सात महिनाको प्रतिबन्ध पछि भर्खर खेलमा फर्किएका हुन्।

गत मार्चमा भएको भेनेजुएला र इक्वेडरविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका स्ट्राइकर जियानलुका स्कामाका पनि टोलीमा फर्किएका छन् । यस्तै मिडफिल्डर जोर्गिन्हो र गोलकिपर गुग्लिएल्मो भिकारियोललाई पनि टोलीमा समेटिएको छ ।

स्ट्राइकर सिरो इम्मोबिले र मिडफिल्डर मार्को भेराटी भने टोलीमा अटाएका छैनन् ।

जर्मनीमा हुने प्रतियोगिताका लागि जुन ७ सम्म २६ सदस्यीय टोली घोषणा गरिसक्नु पर्नेछ ।

युरोपियन च्याम्पियनसिपअघि इटालीले टर्की र बोस्निया एन्ड हर्जगोभिनासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

साविक विजेता इटालीले जुन १५ मा अल्बेनियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

इटालीको प्रारम्भिक टोली

गोलकिपरः जियानलुइजी डोनारुम्मा, एलेक्स मेरेट, इभान प्रोभेडेल, गुग्लिएल्मो भिकारियो

रक्षकः फ्रान्सेस्को एसेर्बी, अलेस्यान्ड्रो बास्टोनी ,राउल बेलानोभा, अलेस्यान्ड्रो बुओन्गियर्नो, रिकार्डो कालाफिओरी, एन्ड्रिया क्याम्बियासो, माटियो डार्मियन, जियोभानी डी लोरेन्जो, फेडेरिको डिमार्को, जियानलुका मानसिनी, जर्जियो स्काल्भिनी

मिडफिल्डरः निकोलो बरेला, ब्रायन क्रिस्टान्टे, निकोलो फागियोली, माइकल फोलोरुन्सो, डेभिड फ्राटेसी, जोर्गिन्हो लोरेन्जो पेलेग्रिनी, सामुएल रिची

फरवार्डः फेडेरिको चेइसा, स्टेफन एल शारावी, रिकार्डो ओरसोलिनी, जियाकोमो रास्पाडाेरी, माटिया रेटेगुइ, जियानलुका स्कामाका, माटियाे जाकाग्नी 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH