चैत्र १२, २०८२ बिहीबार | १४:१८:३८
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

बेलिङघमलाई ब्रेकथ्रु अवार्ड

काठमाडौं । इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङघमले सन् २०२४ को लौरेस वर्ल्ड स्पोर्टस ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका छन् ।

गत वर्ष जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ८करोड ९० लाख मिलियन पाउण्डमा रियाल भित्रिएका २० वर्षीय बेलिङघमले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनले आइतबार एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ३-२ को जितमा निर्णायक गोल गरेका थिए ।  बेलिङघमले यो सिजन स्पेनिस ला लिगामा १७ गोल गरिसकेका छन् ।

लौरेस वल्ड स्पोर्टसम्यान अफ द इयर अवार्ड पाँचौं पटक टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् । महिलातर्फ यो अवार्ड स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले जितिन् ।

आइटाना बोनमती

बालोन डी’ओर विजेता बोनमतीले क्लबलाई सन् २०२२-२३ को सिजनमा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग तथा २०२३ मा देशलाई फिफा महिला विश्वकप जिताउन मद्दत गरेकी थिइन् ।

यस वर्ष लौरेस अवार्ड विजेता

वर्ष पुरुष खेलाडी-नोभाक जोकोभिच ( टेनिस)
वर्ष महिला खेलाडी -आइताना बोनमती ( फुटबल)
टिम अफ द इयर - स्पेन महिला फुटबल टोली
ब्रेक थ्रु अवार्ड -जुड बेलिङघम (फुटबल
कमब्याक अफ द इयर-सिमोन बाइल्स (जिम्नास्टिक्स)
पारा वर्ष खेलाडी- डिडे डे ग्रुट (टेनिस)
एक्सन स्पोर्टसपर्सन-अरिसा ट्रू (स्केटबोर्डिङ)
स्पोर्ट फर गुड अवार्ड-राफेल नाडाल (टेनिस)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो