चैत्र १३, २०८२ शुक्रबार | ०५:३६:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एल क्लासिकोमा रियालको रोमाञ्चक जित, ११ अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा रियाल मड्रिडरले बार्सिलोनाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान सान्तियागो बर्नाबेउमा रियाल दुई पटक पछि परेर पनि पुनरागमन जित निकाल्न सफल भएको हो । जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन ।

रियालले जितपछि ११ अंकको अग्रता बनाउँदै उपाधि सम्भावना निकै बलियो बनाएको छ । ३२ अंकपछि रियालको ८१ अंक छ । समान खेलबाट २१ जित निकालेको बार्सिलोनाको ७० अंक रह्यो ।

७८ हजार समर्थकमाझ बार्सिलोनाले खेलको छैटौं मिनेटमा गोल गरेको थियो । राफिन्हाको पासमा आन्द्रेस क्रिष्टेन्सनले गोल गरे । १८औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै भिनिसियस जुनियरले बराबरी गोल गरेका हुन् ।

पहिलो हाफमा समान एक गोल हुँदा दोस्रो हाफमा पनि बार्सिलोनाले नै अग्रता बनायो । ६९औं मिनेटमा फेर्मिन लोपेजले क्याटलान क्लबलाई अगाडि बढाए । ७३औं मिनेटमा जुयिनरकै पासमा लुकास भासक्वेजले २–२ को बराबरी गोल गरेका हुन् ।

लुकासकै पासमा जुड वेलिंघमले इन्जुरी समयमा विजयी गोल गर्दै तीन अंक दिलाएका हुन् । यस खेलपछि रियालले २८ खेलको अपराजित यात्रा कायम राखेको छ । उसले अन्तिम खेल सन् २०२३ अप्रिलमा भिल्लारियालविरुद्ध हारेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो