चैत्र ११, २०८२ बुधबार | ०५:४७:१५
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

राखेपले रोकेका आठ जना पनि बहराइन प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विदेश भ्रमणमा जान अस्वीकृत गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) का आठ पदाधिकारी बहराइन प्रस्थान गरेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई आधार मान्दै राखेपले एन्फाका १० मध्ये आठ पदाधिकारीलाई विदेश जान स्वीकृत दिएको थिएन ।

तर, आठ जना नै त्रिभुवन विमानस्थलको अध्यागमन पार गर्दै बराइनतर्फ प्रस्थान गरेको युवा तथा खेलुकद मन्त्रालय स्रोतले खेलाडी डटकमलाई जानकारी दिएको छ । ‘हामीले दश मध्ये दुई जनाको मात्रै स्वीकृत दिएका हौं । तर, सबै जना बहराइनतर्फ लागेको सुचना आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘के भएको हो बुझ्दै छौं । आवश्यक कारबाही गर्छौ ।’  

एन्फा स्रोतले भने मन्त्रालयकै निर्देशन अनुसार आठ पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको बताएको छ ।

राखेपले फिफा विश्वकप २०२६ छनोटका लागि बहराइन जान १० सदस्यमा एक डाक्टर र पत्रकारलाई मात्रै स्वीकृत दिएको थियो । तर, युवा तथा खेलकुद मन्त्रालय, राखेप, गृहमन्त्रालय र अध्यागम विभागलाई छल्दै एन्फाले दश पदाधिकारीलाई बहराइन पठाउन सफल भएको हो ।

एन्फाको बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । यसैगरी राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत (झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी (खालीबारी युवा क्लब), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महत (जावलाखेल युथ क्लब) को नाम छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै गत बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो ।

त्यसपछि पनि एन्फाले बहराइन जान १ पदाधिकारीको नाम राखेपका पठाएको थियो । चरम आर्थिक संकटमा रहेको एन्फाको अवस्था देखेपछि राखेपले अनावश्यक पदाधिकारी भ्रमण रोक गरेको थियो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल ( सहायक प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) का लागि पनि स्विकृति माग गरेको थियो । उनीहरु सिधै मलेसियाबाट बहराइन  पुगिसकेका छन् ।  

यसैगरी विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्षं, महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर (सिइओ०) जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल ५-१ ले पराजित भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो