माघ १५, २०८२ बिहीबार | ०२:४०:१५
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

राखेपले रोकेका आठ जना पनि बहराइन प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विदेश भ्रमणमा जान अस्वीकृत गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) का आठ पदाधिकारी बहराइन प्रस्थान गरेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई आधार मान्दै राखेपले एन्फाका १० मध्ये आठ पदाधिकारीलाई विदेश जान स्वीकृत दिएको थिएन ।

तर, आठ जना नै त्रिभुवन विमानस्थलको अध्यागमन पार गर्दै बराइनतर्फ प्रस्थान गरेको युवा तथा खेलुकद मन्त्रालय स्रोतले खेलाडी डटकमलाई जानकारी दिएको छ । ‘हामीले दश मध्ये दुई जनाको मात्रै स्वीकृत दिएका हौं । तर, सबै जना बहराइनतर्फ लागेको सुचना आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘के भएको हो बुझ्दै छौं । आवश्यक कारबाही गर्छौ ।’  

एन्फा स्रोतले भने मन्त्रालयकै निर्देशन अनुसार आठ पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको बताएको छ ।

राखेपले फिफा विश्वकप २०२६ छनोटका लागि बहराइन जान १० सदस्यमा एक डाक्टर र पत्रकारलाई मात्रै स्वीकृत दिएको थियो । तर, युवा तथा खेलकुद मन्त्रालय, राखेप, गृहमन्त्रालय र अध्यागम विभागलाई छल्दै एन्फाले दश पदाधिकारीलाई बहराइन पठाउन सफल भएको हो ।

एन्फाको बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । यसैगरी राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत (झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी (खालीबारी युवा क्लब), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महत (जावलाखेल युथ क्लब) को नाम छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै गत बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो ।

त्यसपछि पनि एन्फाले बहराइन जान १ पदाधिकारीको नाम राखेपका पठाएको थियो । चरम आर्थिक संकटमा रहेको एन्फाको अवस्था देखेपछि राखेपले अनावश्यक पदाधिकारी भ्रमण रोक गरेको थियो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल ( सहायक प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) का लागि पनि स्विकृति माग गरेको थियो । उनीहरु सिधै मलेसियाबाट बहराइन  पुगिसकेका छन् ।  

यसैगरी विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्षं, महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर (सिइओ०) जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल ५-१ ले पराजित भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।