माघ १८, २०८२ आइतबार | २२:०९:१६
अन्ततः पाकिस्तानले गर्‍यो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्‍यो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

साफ यु-१६ महिला च्याम्पियनसिपको तयारी पूरा

फाइल तस्विरः एन्फा प्रवक्ता सुरेश शाह

काठमाडौं । नेपालमा हुने साफ यु-१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता फागुन १८ देखि २७ सम्म हुनेछ । 

 यसअघि प्रतियोगिता च्यासल मैदानमा आयोजना गरिने बताइए पनि अन्तिम समयमा आएर  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको छ ।

‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, सहभागी टोली आइसकेका छन्,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल एन्फा कम्प्लेक्समा सारिएको हो ।’

प्रतियोगिताको टिकट दर साधारणतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० तोकिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइने छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताको लागि चक्र तामाङ प्रशिक्षणमा २३ सदस्यीय नेपाली राष्ट्रिय यु(१६ महिला टोलीले  तयारी गरिरहेको छ ।

सहभागी टोलीलाई प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ  रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु स्पोर्टजवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।