चैत्र १७, २०८२ मंगलबार | ०५:१८:४१
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

साफ यु-१६ महिला च्याम्पियनसिपको तयारी पूरा

फाइल तस्विरः एन्फा प्रवक्ता सुरेश शाह

काठमाडौं । नेपालमा हुने साफ यु-१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता फागुन १८ देखि २७ सम्म हुनेछ । 

 यसअघि प्रतियोगिता च्यासल मैदानमा आयोजना गरिने बताइए पनि अन्तिम समयमा आएर  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको छ ।

‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, सहभागी टोली आइसकेका छन्,’ एन्फा प्रवक्ता सुरेश शाहले भने,‘एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल एन्फा कम्प्लेक्समा सारिएको हो ।’

प्रतियोगिताको टिकट दर साधारणतर्फ १०० र भिआइपी पारापिटतर्फ ३०० तोकिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइने छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताको लागि चक्र तामाङ प्रशिक्षणमा २३ सदस्यीय नेपाली राष्ट्रिय यु(१६ महिला टोलीले  तयारी गरिरहेको छ ।

सहभागी टोलीलाई प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ  रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु स्पोर्टजवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो