माघ १५, २०८२ बिहीबार | १३:३३:००
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

लेवनानविरुद्ध सावित्राले गरिन् बराबरी गोल

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको दोस्रो हाफमा नेपालले लेवनानविरुद्ध बराबरी गोल गरेको छ ।

साउदी अरेबियाको रियादमा भइरहेको खेलको दोस्रो हाफमा नेपालले बराबरी गोल गरेको हो ।

खेलको ७५औं मिनेटमा नेपाल खेलमा फर्किएको हो । लेवनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल गरेकी हुन् ।

खेलको ३८औं मिनेटमा नेपालकी रक्षक पुजा रानाले आत्माघाति गोल गरेकी हुन् । रक्षक पुजा रानाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडी बढेको अवस्थामा दिएको ब्याकपास जाली चुमेको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर चुकाउँदा गोल गर्न असफल भएको हो । नेपाल अट्याकिङ थर्डमा पुगेर गोल गर्न चुकेको छ । सावित्रा भण्डारी र रेखा पौडेल बारम्बार गोल गर्नबाट टाढा रहेका छन् ।

प्रशिक्षक राजेन्द्र तामाङले ३८औं मिनेटमा अनिता बस्नेतको स्थानमा विमल चौधरी मैदान प्रवेश गराएका छन् । ६७औं मिनेटमा रेखा पौडेलको स्थानमा रश्मि कुमारी घिसिङ र अनिता केसीको स्थानमा दीपा शाही मैदान पठाएपछि नेपाल गोल फर्काउन सफल भएको थियो । ७१औं मिनेटमा अमिषा कार्कीको स्थानमा सविता राना मगर तथा पुजा रानाको स्थानमा विमल विक मैदान प्रवेश गरेका थिए ।

यसअघि भएको पहिलो सेमिफाइनलमा विजयी हुँदै पाँच पटकको च्याम्पियन जोर्डन फाइनलमा पुगेको छ । उसले प्यालेस्टाइनलाई ५–० ले हराएको हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।