माघ १५, २०८२ बिहीबार | १८:२७:१९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सावित्राको गोलमा प्यालेस्टाइनविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । वाफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो तेस्रो खेलमा नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा भइरहेको छ । साउदी अरेबियाको रियादमा पहिलो हाफ सम्पन्न हुँदा नेपाल १–० ले अग्रता बनाउन सफल भएको छ ।

खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गरिन् । रेखा पौडेलले मध्यभागबाट निकालेको बललाई सावित्राले सहजै फिनिसिङ गरेकी हुन् । उनले देशको लागि ५१औं तथा प्रतियोगिताको सातौं गोल गरेकी हुन् ।

पहिलो हाफमा प्यालेस्टाइनले रक्षात्मक खेल खेलेको छ । जसका कारण नेपाल गोल गर्न धेरै संघर्ष गरिरहेको छ । उसले नेपाललाई रोक्ने योजना बनाएपनि पहिलो हाफमा १–० ले पछि परिसकेको छ ।

खेलको ३५औं मिनेटमा नेपालले पहिलो सुन्दर अवसर बनायो । अनिता बस्नेतको कर्नरमा रक्षक गीता रानाले बक्सभित्रबाट हानेको प्रहार प्यालेस्टाइन गोलकिपर सार्लाेट फिलिप्सले नियन्त्रणमा लिइन् ।

३८औं मिनेटमा गोलकिपर सार्लाेटसँग वान भर्षेष वानमा रहँदा सावित्रा गोल गर्न चुकिन् । त्यसअघि पुजा रानाले उनलाई बल उपलब्ध गराउँदा नियन्त्रणमा राख्नै सकिनन् ।

लगातार दोस्रो जित निकालेका नेपाल र प्यालेस्टाइन समूह बी को विजेता बन्न मैदानमा छन् । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको छ ।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।