चैत्र ८, २०८२ आइतबार | ०२:४७:२३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सावित्राको गोलमा प्यालेस्टाइनविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । वाफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो तेस्रो खेलमा नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा भइरहेको छ । साउदी अरेबियाको रियादमा पहिलो हाफ सम्पन्न हुँदा नेपाल १–० ले अग्रता बनाउन सफल भएको छ ।

खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गरिन् । रेखा पौडेलले मध्यभागबाट निकालेको बललाई सावित्राले सहजै फिनिसिङ गरेकी हुन् । उनले देशको लागि ५१औं तथा प्रतियोगिताको सातौं गोल गरेकी हुन् ।

पहिलो हाफमा प्यालेस्टाइनले रक्षात्मक खेल खेलेको छ । जसका कारण नेपाल गोल गर्न धेरै संघर्ष गरिरहेको छ । उसले नेपाललाई रोक्ने योजना बनाएपनि पहिलो हाफमा १–० ले पछि परिसकेको छ ।

खेलको ३५औं मिनेटमा नेपालले पहिलो सुन्दर अवसर बनायो । अनिता बस्नेतको कर्नरमा रक्षक गीता रानाले बक्सभित्रबाट हानेको प्रहार प्यालेस्टाइन गोलकिपर सार्लाेट फिलिप्सले नियन्त्रणमा लिइन् ।

३८औं मिनेटमा गोलकिपर सार्लाेटसँग वान भर्षेष वानमा रहँदा सावित्रा गोल गर्न चुकिन् । त्यसअघि पुजा रानाले उनलाई बल उपलब्ध गराउँदा नियन्त्रणमा राख्नै सकिनन् ।

लगातार दोस्रो जित निकालेका नेपाल र प्यालेस्टाइन समूह बी को विजेता बन्न मैदानमा छन् । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको छ ।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो