माघ १६, २०८२ शुक्रबार | ०१:२२:२८
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

मैत्रीपूर्ण खेलका लागि चीनियाँ टोली नेपालमा

काठमाडौं । नेपालको युवा टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ ।

चीनियाँ टोली बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरेका थिए ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो  ।  

युवा टोलीको जिम्मेवारी पनि राष्ट्रिय सिनियर फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै सम्हाल्नेछन् । यसैगरी चेतन घिमिरेलाई सहायक र मनिष तिम्सिनालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एन्फाले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका र नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा प्रभाव जमाएका खेलाडीलाई समेट्दै एन्फाले माघ ४ गते ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । अहिले टोलीको पोखरामा प्रशिक्षण सुरु भएको छ ।

चीनियाँ टाेलीलाई स्वागत गर्दै सुरेश शाह

मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेका छन् ।

मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

आयोजकले यसअघि नै साधारण प्याराफिटतर्फत ३०० र भिआइपी प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकिसकेको छ ।

प्रारम्भिक टोलीमा छानिएका खेलाडीः

गोलकिपरः कृष्टल मोक्तान, जियारथ सेख, विशाल सुनार, पुजन होना, सन्तोष महत

रक्षकः अशिम भुषाल, पदम भट्टराई, अन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, विशाल बस्नेत, अश्विन घोरासैनी, अजय चौधरी

मिडफिल्डरः प्रशान्त लक्सम, दीपेश गुरुङ, लाकेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डांगी, चन्दन कुमार दास, अभिषेक गुरुङ

फरवार्डः आयुष घलान, कुशल देउवा, दीनेश हेन्जन, आशिक बावु चौधरी, दीपेश आले मगर, समीर तामाङ, सञ्जीव विष्ट, सविन लुंगेली मगर, निराजन धामी
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।