चैत्र ८, २०८२ आइतबार | १६:१७:४९
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

मैत्रीपूर्ण खेलका लागि चीनियाँ टोली नेपालमा

काठमाडौं । नेपालको युवा टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ ।

चीनियाँ टोली बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरेका थिए ।

नेपालस्थित चीनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो  ।  

युवा टोलीको जिम्मेवारी पनि राष्ट्रिय सिनियर फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नै सम्हाल्नेछन् । यसैगरी चेतन घिमिरेलाई सहायक र मनिष तिम्सिनालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एन्फाले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका र नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा प्रभाव जमाएका खेलाडीलाई समेट्दै एन्फाले माघ ४ गते ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । अहिले टोलीको पोखरामा प्रशिक्षण सुरु भएको छ ।

चीनियाँ टाेलीलाई स्वागत गर्दै सुरेश शाह

मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेका छन् ।

मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

आयोजकले यसअघि नै साधारण प्याराफिटतर्फत ३०० र भिआइपी प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकिसकेको छ ।

प्रारम्भिक टोलीमा छानिएका खेलाडीः

गोलकिपरः कृष्टल मोक्तान, जियारथ सेख, विशाल सुनार, पुजन होना, सन्तोष महत

रक्षकः अशिम भुषाल, पदम भट्टराई, अन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, विशाल बस्नेत, अश्विन घोरासैनी, अजय चौधरी

मिडफिल्डरः प्रशान्त लक्सम, दीपेश गुरुङ, लाकेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डांगी, चन्दन कुमार दास, अभिषेक गुरुङ

फरवार्डः आयुष घलान, कुशल देउवा, दीनेश हेन्जन, आशिक बावु चौधरी, दीपेश आले मगर, समीर तामाङ, सञ्जीव विष्ट, सविन लुंगेली मगर, निराजन धामी
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो