भाद्र २७, २०८२ शनिबार | ०८:४५:१२
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

आहा रारा गोल्डकपः उपाधिमा दुवै टोलीको दाबी

पोखरा । २३औं आहा रारा पोखरा गोल्डकपको फाइनल खेल शनिबार (भोलि) हुँदैछ । उपाधिका लागि भिड्दैछन्, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब अनि पाटने टोली थ्री स्टार । खेल पोखरा रंगशालामा दिउँसो १ बजे देखि सुरु हुनेछ ।

खेलअघि शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा दुवै टालीले उपाधि जित्ने दावी गरेका छन् । यसै सिजन थ्री स्टारबाट विभागीय टोली सम्हालेका मुख्य प्रशिक्षक मेघराज केसीले आफूहरु नयाँ इतिहास बनाउन पोखरा आएको बताए । विगतका दिनमा जे जस्तो नतिजा आएपनि यसपाली टोली च्याम्पियन बन्ने प्रतिक्रिया केसीले दिए ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । आर्मी सन्तुलित टोली लिएर पोखरा आएको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । हामी इतिहास दोहोर्याउन चाहँदैनौं । आर्मी उपाधिका लागि सक्षम पनि छ’, केसीले भने, ‘प्राय सबै टोलीले युवा खेलाडीलाई मौका दिएका छन् । उनीहरुले राम्रो प्रदर्शन गरिहेका छन् । हामीले पनि नयाँ खेलाडीलाई प्रयोग गरेका छौं । यसपाली जसरी पनि उपाधि जित्ने लक्ष्य छ ।’

प्रशिक्षक केसीकै नेतृत्वमा थ्री स्टारले दुई पटक आहा राराको उपाधि जितेको थियो । पाँच वर्षअघि केसीको थ्री स्टारले आर्मीलाई टाइब्रेकरकमा पराजित गरेको थियो । अहिले केसी आर्मीको जिम्मेवारीमा छन् । उनीसँग चुनौती छ आर्मीलाई पहिलो पटक च्याम्पियन बनाउने । आर्मीको यो पाँचौं फाइनल हो । यसअघि चार पटक आर्मी फाइनलमा चुकेको थियो । यसपाली भने प्रशिक्षक केसी नयाँ इतिहास कोर्ने लक्ष्यमा छन् । भन्छन्,‘ मैले प्रशिक्षकको रुपमा दुई पटक उपाधि जितिसकेको छु । अब तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्य छ । त्यसमा आर्मीको नाम जोड्न चाहन्छु ।’

प्रतियोगितामा आर्मीले राइजीङ  स्टार एफसीलाई १-०, साविक विजेता संकटालाई ३-० र चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आर्मीका लागि दिनेश हेन्जनले सर्वाधिक तीन गोल गरेका छन् ।

थ्री स्टारका मुख्य प्रशिक्षक विक्रम लामा(बायाँ) र त्रिभुवन आर्मीका मुख्य प्रशिक्षक मेघराज केसी(दायाँ) ट्रफीसँग फोटो खिच्दै, तस्वीरः सुदर्शन रन्जित

यसैगरी आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको बताउँछन् । 

‘सबै टोलीको उपाधि जित्ने लक्ष्य हुन्छ । यसअघि पटक पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेका थिएनौं । विगतमा केही मिहेनत नपुगेको जस्तो लाग्छ । तर यसपटक फाइनलमा आफ्नोतर्फबाट सकेको दिने प्रयास हुनेछ’, ‘ कप्तान खवासले भने, ‘थ्री स्टार पनि उपाधि जित्ने लक्ष्यमै हुनेछ । उनीहरुले सय प्रतिशत दिन्छन् भने हामीले २ सय प्रतिशत दिनुपर्छ ।’

‘टोलीमा तालमेल मिलिरहेको छ । हामी फेरि उपाविजेतामै सिमित हुन चहाँदैनौं । अरु क्लबले खेलाडी बटुलेर टोली तयार पारेका छन् । तर हामीसँग सेट टोली छ । त्यसको फाइदा उठाउँदै जसरी पनि उपाधि जित्ने छौं, ’ टोलीका अनुभवी खेलाडी भरतले थपे ।

थ्री स्टारको कुरा गर्ने हो भने उसले आयोजक सहारा क्लबलाई २-१, भुटानको पारो एफसीलाई २-० र जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । उसका लागि आशिष चापागाईँले सर्वाधिक दुई गोल गरेका छन् ।

प्रशिक्षण करिअरकै पहिलो फाइनलमा आफ्नो गुरुविरुद्ध खेल्न पाउनु सुनौलो अवसर रहेको मुख्य प्रशिक्षक विक्रम लामा बताउँछन् । 

‘आफ्नै गुरुविरुद्ध फाइनल खेल्न पाउनु मेरो लागि सुवर्ण अवसर हो । म उहाँले सिकाएका कुरालाई फाइनल खेलमा लागु गर्ने प्रयास गर्नेछु । हिजो उहाँको निर्देशनमा मैदान भित्र खेल्ने गर्थेँ । अहिले मैदान बाहिर खेल्ने अवसर मिलेको छ । यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रुपमा रहेको छ, ’ लामाले भने’, ‘टोलीमा युवा खेलाडी छन् । एक अर्कासँग सँगै खेलेको अनुभव नभएकाले पहिलो खेलमा केही गाह्रो भयो । तर अहिले टोलीको तालमेल मिलिरहेको छ । केही कमी कमजोरीहरु छन् । त्यसलाई सुघार गर्दै फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं ।’

थ्री स्टारका कप्तान विराज महर्जन (बायाँ) र त्रिभुवन आर्मीका कप्तान भरत खवास(दायाँ) ट्रफीसँग फोटो खिच्दै, तस्वीरः सुदर्शन रन्जित

लामाकै कुरालाई जोड दिँदै कप्तान विराज महर्जनले भने, ‘टोलीमा तालमेल मिलिरहेको छ । सबैजना सकारात्मक सोच राख्ने खेलाडी छन् । उनीहरुमा केही गर्नुपर्छ भन्ने जोश छ । आर्मी राम्रो टोली हो । उनीहरुले नियमित प्रशिक्षण गरिहरेका छन् । तर हामी पनि कमजोर छैनौं । फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ । हामी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छौं ।’

अनुभवी खेलाडीका बावजुद विराजले कम खेल समय पाइरहेका छन् । पछिल्ला तीन खेलमा उनी निर्धारित समय सकिन केही मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरिरहेका छन् । यसमा विराज भन्छन्, ‘हामीले युवा खेलाडीलाई मौका दिइरहेका छौं । उनीहरुमा पनि नेतृत्व गर्ने क्षमता बढोस् भन्ने हाम्रो चाहना हो । अन्तिम समयमा मैदान छिरेपनि मैले सिनियर खेलाडीको हैसियतमा अभिभाकको भूमिका निर्वाह गरिहेको छु । भोलिको खेलका लागि विक्रमले मलाई कप्तानको जिम्मेवारी दिनु भएको छ ।’

थ्री स्टारले हालसम्म ६ फाइनल खेल्दा पाँच पटक च्याम्पियन बनेको छ ।

 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS