माघ १७, २०८२ शनिबार | २२:३३:५७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

एन्फाले कारबाही गरेको पत्र आएको छैनः मध्यपुर

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसियसनले आफूविरुद्ध गरेको कारबाही हल्ला मात्रै भएको र नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)बाट कुनै पत्र प्राप्त नभएको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष उपेन्द्रमान सिंहले हालसम्म एन्फाबाट कारबाही भएको कुनै पत्र प्राप्त नभएको पुष्टि गरेका छन् ।

‘हामीलाई एन्फाले कारबाही गरेको भनेर हल्लामात्रै गरेको छ । कारबाही गरेको पत्र आएको छैन,’ उनले भने, ‘विभिन्न बैठक र साधारणसभामा उपस्थिति भएका छौं । सबै कार्यक्रममा बोलाएको छ ।’

उनले हचुवाको भरमा कारबाही गरेको र यस्तै निर्णयका कारण एन्फाको नेतृत्व आफै फसेको प्रतिक्रिया थिए । ‘हचुवाभरमा कारबाहि गरेको हो । अहिले उनीहरु आफै फसिरहेका छन् । बिगत दुई वर्षदेखि बी डिभिजन लिग हुन सकेको छैन ।’

पुस २ गते बसेको एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथ एसोसियसनद्वारा विधानविपरित कार्य भएको भन्दै फुटबलसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । एन्फाले सत्यतथ्य छानविन गर्न अनुशासन कमिटीलाई पत्र काटेको छ । जुन हालसम्म निर्णय हुन सकेको छैन ।

तर, एन्फाको यो निर्णयमा २१ मध्ये ९ कार्यसमिति सदस्यले आपत्ति जनाएका थिए । ९ सँगै ११ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेर कारबाही सच्चाउन नेतृत्वलाई दबाब दिएका छन् ।

यसअघि कात्तिक २६ हेटौंडामा सम्पन्न भएको विशेष साधारणसभा रोक्न मध्यपुर युथ अदालत पुगेको एन्फाको ठहर छ । मध्यपुरले असोज १७ गते बसेको एन्फाको आपतकालिन कार्यसमितिको निर्णय बदर हुनुपर्ने मागसहित अदालत पुगेको थियो ।

जुन साधारणसभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका थिए । अध्यक्ष नेम्वाङले एन्फाको इतिहासमा पहिलो पटक अविश्वासको प्रस्ताव सामना गरेका हुन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।