चैत्र ९, २०८२ सोमबार | १२:३३:१९
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

एन्फाले कारबाही गरेको पत्र आएको छैनः मध्यपुर

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसियसनले आफूविरुद्ध गरेको कारबाही हल्ला मात्रै भएको र नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)बाट कुनै पत्र प्राप्त नभएको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष उपेन्द्रमान सिंहले हालसम्म एन्फाबाट कारबाही भएको कुनै पत्र प्राप्त नभएको पुष्टि गरेका छन् ।

‘हामीलाई एन्फाले कारबाही गरेको भनेर हल्लामात्रै गरेको छ । कारबाही गरेको पत्र आएको छैन,’ उनले भने, ‘विभिन्न बैठक र साधारणसभामा उपस्थिति भएका छौं । सबै कार्यक्रममा बोलाएको छ ।’

उनले हचुवाको भरमा कारबाही गरेको र यस्तै निर्णयका कारण एन्फाको नेतृत्व आफै फसेको प्रतिक्रिया थिए । ‘हचुवाभरमा कारबाहि गरेको हो । अहिले उनीहरु आफै फसिरहेका छन् । बिगत दुई वर्षदेखि बी डिभिजन लिग हुन सकेको छैन ।’

पुस २ गते बसेको एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथ एसोसियसनद्वारा विधानविपरित कार्य भएको भन्दै फुटबलसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । एन्फाले सत्यतथ्य छानविन गर्न अनुशासन कमिटीलाई पत्र काटेको छ । जुन हालसम्म निर्णय हुन सकेको छैन ।

तर, एन्फाको यो निर्णयमा २१ मध्ये ९ कार्यसमिति सदस्यले आपत्ति जनाएका थिए । ९ सँगै ११ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेर कारबाही सच्चाउन नेतृत्वलाई दबाब दिएका छन् ।

यसअघि कात्तिक २६ हेटौंडामा सम्पन्न भएको विशेष साधारणसभा रोक्न मध्यपुर युथ अदालत पुगेको एन्फाको ठहर छ । मध्यपुरले असोज १७ गते बसेको एन्फाको आपतकालिन कार्यसमितिको निर्णय बदर हुनुपर्ने मागसहित अदालत पुगेको थियो ।

जुन साधारणसभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका थिए । अध्यक्ष नेम्वाङले एन्फाको इतिहासमा पहिलो पटक अविश्वासको प्रस्ताव सामना गरेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो