चैत्र १६, २०८२ सोमबार | ०९:००:३५
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

साविक विजेता सेनेगललाई हराउँदै आइभोरी कोस्ट क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा ५-४ ले स्तब्ध बनाउँदै आयोजक आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

चार्ल्स कोनन बनी डी यामोसोक्रो रंगशालामा मंगलबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलीएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा आइभोरी कोस्टका लागि फ्यान्क केस्सी, सर्ज औरिएर, सेबास्टियन हेलर, किस्टियन कौमी र निकोलस पेपले गोल गरे । सेनेगलका लागि साडियो माने, बाक्बा डिइन्ग, पेवे सार र कालिडो काउलिबालीले गोल गर्दा मुसा नियाखाते भने चुके ।

सेनेगल

त्यसअघि खेलमा अग्रता भने सेनेगलले लिएको थियो । खेलको चौथो मिनेटमै हबिब दाइलोको गोलमार्फ सेनेगल १-० ले अगाडि बढेको थियो ।  

सेनेगल जिततर्फ अग्रसर रहेको खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा फ्यान्क केस्सीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

यसैगरी अर्को खेलमा मौरितानियामाथि १-० को जित निकाल्दै केप भार्डेले पनि क्वार्टरफाइनलको यात्रा तय गरेको छ । खेलको ८८ औं मिनेटमा रायन मेन्डिसले पेनाल्टीमार्फत गरेको गोल केप भार्डेको जितमा निर्णायक बन्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो