काठमाडौं । एन्जल्स हार्ट स्कुल फुटबल क्लबका कप्तान अभिनम गौतमले गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा बुधबार ह्याट्रिक गरेका छन् ।
अभिनमले ह्याट्रिक गरे पनि एन्जल्स हार्ट समूह चरणको आफ्नो दोश्रो खेलमा इप्सविच फुटसल, अस्ट्रेलियासँग ११-४ ले पराजित भयो । एन्जल्स हार्टका लागि थप १ गोल मविन्द्र पुनले गरेका थिए ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा जारी प्रतियोगितामा एन्जल्स हार्टको यो लगातार दोश्रो पराजय हो । पहिलो खेलमा एन्जल्स हार्टलाई क्यारिना फुटसलले ९-१ ले हराएको थियो । यो खेलमा पनि अभिनमले नै गोल गरेका थिए ।
समूह ‘सी’ रहेको एन्जल्स हार्टले अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जनवरी १९ तारिखमा छ । त्यस दिन एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्ने छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
