चैत्र १२, २०८२ बिहीबार | १९:२७:३८
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

सिईओ नियुक्ती बदर गर्न वरिष्ठ उपाध्यक्ष खड्काको उजुरी

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुत्ती गैरकानुनी रहेको भन्दै बदर गर्न उजुरी दर्ता गराएका छन्  ।

खड्काले मंगलबार एन्फा अपिल कमिटीमा उजुरी दर्ता गराएका हुन् । पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले संकटा क्लबका अध्यक्ष समेत रहेका इन्द्रमान तुलाधरलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

खड्काले उक्त नियुक्ती एन्फा विधान विपरित रहेको बताएका छन् । उनको कार्यसमिति निर्णयलाई उल्टाउँदै सिईओ नियुक्ती गरेको आरोप लगााएका छन् । ‘फागुन १७ गतेको कार्यसमितिको बैठकले सिईओ (अधिकृत प्रथम) नियुक्ती सम्बन्धमा सूचना प्रकाशित गर्ने र पदपूर्ति समिति समेत गठन गरेको अवस्थामा सचिवालयले उक्त निर्णयलाई कार्यान्वयन नगरी प्रक्रिया अगाडि नबढाएको र कर्मचारी सेवा सर्त नियमावली २०७७ को विपरित छ,’ खड्काले उजुरी दिएको पत्रमा भनिएको छ ।

विधानअनुसार पदपूर्ति समितिको सिफारिसपछि मात्रै कार्यसमितिले सिईओ नियुक्ती गर्नुपर्ने भएपनि नेतृत्वले राजनीतिक स्वार्थपूर्ति गर्न मनलाग्दी गरेको खड्काको आरोप छ । त्यसै उनले सिईओको तलब निर्णय नै नभएको बताएका छन् ।

‘पदपूर्ति समितिले विज्ञापन पश्चात शैक्षिक योग्यता र अनुभवको मुल्यांकन विज्ञहरुको उपस्थितिमा निर्णय गराई उक्त निर्णयलाई संघको विधानको धारा ३८ (छ) अनुसार अनुमोदन गराउनु पर्नेछ । सुरुको प्रक्रियाहरु पुरा नगरी आफ्नो राजनितिक स्वार्थपूर्ति गर्नको लागि धारा ३८ को (छ) लाई अपव्याख्या गरेको देखिन्छ,’ पत्रमा भनिएकाेछ,‘साथै कार्यसमितिमा सिईओ अधिकृत प्रथम) लाई दिने सुविधा (प्रति महिना १ लाख ५ हजार) र नियुक्ती सम्बन्धि प्रस्ताव कार्यसमितिका पदाधिकारीहरुलाई वितरण नै नगराई जवरजस्ती निर्णयमा उल्लेख गरेकोले बदर गरि दिनु हुन अनुरोध गर्दछु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो