माघ १५, २०८२ बिहीबार | ०८:१७:५०
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

एन्फा कार्यसमिति बैठकः खेलाडीको पक्षमा भएको निर्णय माइन्युटबाट गायब, महासचिव भन्छन्ः टाइप मिस्टेक भयो

फाइल तस्विरः एन्फा कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले गरेका विभिन्न निर्णयमध्ये निशुल्क पास वितरण बन्द गर्ने तथा खेलाडीलाई सुविधा दिने विषयमा गरेको निर्णय माइन्युटबाट गायब पारिएको छ ।

यही पुस २ गते एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क पास वितरण पूर्ण रुपमा बन्द गरि टिकट विक्रीबाट उठेको रकमबाट २० प्रतिसत सन्बन्धित खेलमा सहभागी हुने खेलाडीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

एन्फाले सोही दिन जारी गरेको विज्ञप्तिको निर्णय नम्बर ६ मा उक्त विषय समावेश थियो । तर मंगलबार कार्यसमितिका सदस्यहरुलाई पठाइएको निर्णय पु्स्तिका (माइन्युट)मा उक्त निर्णय समावेश छैन ।

एन्फाको विधानअनुसार बैठक बसेको १५ दिनभित्र कार्यसमितिका सदस्यहरुलाई लिखित रुपमा माइन्युट पठाउनुपर्छ । एन्फा महासचिव किरण राईले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पठाएको आठ पृष्ठ लामो १७ बुदे माइन्युटमा खेलाडीलाई सुविधा दिने विषयमा कार्यसमितिले गरेको निर्णय हटाइएको छ ।

कार्यसमितिमा लामो छलफलपछि भएको निर्णय बदनियतपूर्ण तरिकाले हटाइएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्षद्धय विराटजंग शाही तथा दीर्घबहादुर केसी (कुमार) लगायत ९ सदस्यले नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेको बताइएको छ । साथै २१ सदस्यीय कार्यसमितिका असन्तुष्ट ९ जनाले बैठकमा छलफल नै नभएका विभिन्न विषयलाई पनि अनुमोदन गरिएको भन्दै माइन्युट लेखिएकोमा आपत्ति जनाएका छन् ।

‘कार्यसमितिको बैठकमा विषय नै नउठेका कुरा पनि निर्णय पुस्तिकामा समावेश गरिएका छन् । अन्तर्राष्ट्रिय खेलको आयव्यय तथा हेटौडा विशेष साधारणसभाको खर्चको विषयमा बैठकमा कुनै छलफल भएको थिएन । ती विषयलाई चाँही मनलाग्दी पारामा माइन्युटमा समावेश गरिएको छ,’ उपाध्यक्ष शाहीले खेलाडी डटकमसँग भने, ‘तर खेलाडीलाई स्ुविधा दिने विषयमा लामो छलफल पछि गरिएको निर्णय चाँही नियतवश हटाइएको छ । हामी यसमा आफ्नो असहमति जनाउनेछौं ।’

एन्फा महासचिव किरण राईले टाइपिङमा गल्ती भएका कारण उक्त बुँदा छुटेको र अहिले सच्चाइएको बताए ।

‘हामीले नियतबस कार्यसमिति बैठकको निर्णयलाई हटाएका हैनौं । निर्णय पुस्तिकामा भएपनि टाइपिङमा गल्ती हुँदा छुटेको हो,’ राईले भने,‘ अहिले सच्चाएर पुनः  कार्यसमितिका साथीहरुलाई पठाइसकेका छौं ।’
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।