चैत्र ५, २०८२ बिहीबार | २२:३६:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा कार्यसमिति बैठकः खेलाडीको पक्षमा भएको निर्णय माइन्युटबाट गायब, महासचिव भन्छन्ः टाइप मिस्टेक भयो

फाइल तस्विरः एन्फा कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले गरेका विभिन्न निर्णयमध्ये निशुल्क पास वितरण बन्द गर्ने तथा खेलाडीलाई सुविधा दिने विषयमा गरेको निर्णय माइन्युटबाट गायब पारिएको छ ।

यही पुस २ गते एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निशुल्क पास वितरण पूर्ण रुपमा बन्द गरि टिकट विक्रीबाट उठेको रकमबाट २० प्रतिसत सन्बन्धित खेलमा सहभागी हुने खेलाडीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

एन्फाले सोही दिन जारी गरेको विज्ञप्तिको निर्णय नम्बर ६ मा उक्त विषय समावेश थियो । तर मंगलबार कार्यसमितिका सदस्यहरुलाई पठाइएको निर्णय पु्स्तिका (माइन्युट)मा उक्त निर्णय समावेश छैन ।

एन्फाको विधानअनुसार बैठक बसेको १५ दिनभित्र कार्यसमितिका सदस्यहरुलाई लिखित रुपमा माइन्युट पठाउनुपर्छ । एन्फा महासचिव किरण राईले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पठाएको आठ पृष्ठ लामो १७ बुदे माइन्युटमा खेलाडीलाई सुविधा दिने विषयमा कार्यसमितिले गरेको निर्णय हटाइएको छ ।

कार्यसमितिमा लामो छलफलपछि भएको निर्णय बदनियतपूर्ण तरिकाले हटाइएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्षद्धय विराटजंग शाही तथा दीर्घबहादुर केसी (कुमार) लगायत ९ सदस्यले नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेको बताइएको छ । साथै २१ सदस्यीय कार्यसमितिका असन्तुष्ट ९ जनाले बैठकमा छलफल नै नभएका विभिन्न विषयलाई पनि अनुमोदन गरिएको भन्दै माइन्युट लेखिएकोमा आपत्ति जनाएका छन् ।

‘कार्यसमितिको बैठकमा विषय नै नउठेका कुरा पनि निर्णय पुस्तिकामा समावेश गरिएका छन् । अन्तर्राष्ट्रिय खेलको आयव्यय तथा हेटौडा विशेष साधारणसभाको खर्चको विषयमा बैठकमा कुनै छलफल भएको थिएन । ती विषयलाई चाँही मनलाग्दी पारामा माइन्युटमा समावेश गरिएको छ,’ उपाध्यक्ष शाहीले खेलाडी डटकमसँग भने, ‘तर खेलाडीलाई स्ुविधा दिने विषयमा लामो छलफल पछि गरिएको निर्णय चाँही नियतवश हटाइएको छ । हामी यसमा आफ्नो असहमति जनाउनेछौं ।’

एन्फा महासचिव किरण राईले टाइपिङमा गल्ती भएका कारण उक्त बुँदा छुटेको र अहिले सच्चाइएको बताए ।

‘हामीले नियतबस कार्यसमिति बैठकको निर्णयलाई हटाएका हैनौं । निर्णय पुस्तिकामा भएपनि टाइपिङमा गल्ती हुँदा छुटेको हो,’ राईले भने,‘ अहिले सच्चाएर पुनः  कार्यसमितिका साथीहरुलाई पठाइसकेका छौं ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो