माघ १६, २०८२ शुक्रबार | २१:०३:१०
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

अवैधानिक निर्णय खारेज हुनुपर्छः एन्फा असन्तुष्ट पक्ष

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का असन्तुष्ट पक्षले कार्यसमिति बैठकबाट पारित भएको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति लगायताका अवैधानिक निर्णय तत्काल खारेज हुनुपर्ने माग राखेका छन् ।

एन्फाको निर्णयप्रति असन्तुष्ट पक्षले मंगलबार पत्रकार सम्मेलनमार्फत अवैधानिक निर्णय खारेज गर्नुपर्ने बताएका हुन् । असन्तुष्ट ९ सदस्यले संयुक्त हस्ताक्षरसहित पत्रकार सम्मेलन गरेका हुन् ।

‘मौलिक हकलाई कुन्डित गरिएको छ । मध्यपुरलाई गरिएको कारबाही फुकुवा हुनुपर्छ । सिईओ नियुक्त अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ,’ सन्तुष्ट पक्षका एक सदस्यदले भने,‘खुल्ला प्रतिस्पर्धाबाट नभइ महासचिवले गरेको नियुक्ति मान्ने छैनौं । ’

सोमबार एन्फा कार्यसमिति बैठक सम्पन्न भएको थियो । २१ सदस्यीय कार्यसमिति बैठकबाट महिला सदस्य पेमा लामा भने माइन्युटमा हस्ताक्षर नै नगरि बाहिरिएकी थिइन् ।

असन्तुष्ट पक्षले अवैधानिकरुपमा सिईओ नियुक्ती र विभिन्न पद खोसिएकोमा आपत्ति जनाएका छन् । पछिल्लो तीन महिना नेतृत्वसँग असन्तुष्ट रहेका संकटा क्लबका महासचिव इन्द्रमान तुलाधरको नियुक्ती नै अवैधानिक रहेको उनीहरुको ठहर छ । सिईओ पदको लागि उनले बार्गेनिङ गरेको असन्तुष्ट पक्षको आरोप छ।

अध्यक्ष पकंकजविक्रम नेम्वाङले अवैधानिक तरवले एन्फा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै कानुन समितिका संयोजक अनिल मल्ल र पदपूर्ति समितिका संयोजक विराटजंग शाहीले राजीनामा दिएका थिए ।

यसैगरी एन्फाले भागबन्डा मिलाउन सहकोषाध्यक्षमा नुवाकोट प्रतिनिधि पूर्णमान चित्रकारको ठाउँमा प्रविण यादवलाई ल्याएको छ ।

एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्का  महासचिव पदपुर्ती समितिमा रहे पनि उनले कसैलाई नियुक्त गर्न नमिल्ने बताउँछन् । 

‘पदपूर्ति समितिमा महासचिव भएपछी आफ्नो मान्छे नियुक्त गर्न पाइन्छ भनेर बस्नु भएको छ। महासचिव सदस्य हुन पाउँछ । संयोजक हुन पाउदैन । त्यसैले यो नियुक्ति वैधानिक छैन,’वरिष्ठ उपाध्यक्ष खड्काले भने ।

यसैगरी कार्यसमिति बैठकले एन्फा विधान विपरित कार्य गरेको भन्दै  थप अनुसन्धान र छानविन गर्न अनुसान कमिटिमा पठाउने र अन्तिम निर्णय आउँदासम्मका लागि फुटबल गतिविधिमा संलग्न नगराइने निर्णउय गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्धय विराटजंग शाही र दीर्धबहादुर केसी तथा सदस्यहरु रुपेश अधिकारी, अनिल मल्ल, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रमेश ब्यञ्जनकार र भोजराज शाहीले असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका थिए । 

 

यस्ता छन् असन्तुष्ट पक्षका मागहरु

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।