चैत्र ८, २०८२ आइतबार | ०२:४२:५७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अवैधानिक निर्णय खारेज हुनुपर्छः एन्फा असन्तुष्ट पक्ष

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का असन्तुष्ट पक्षले कार्यसमिति बैठकबाट पारित भएको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति लगायताका अवैधानिक निर्णय तत्काल खारेज हुनुपर्ने माग राखेका छन् ।

एन्फाको निर्णयप्रति असन्तुष्ट पक्षले मंगलबार पत्रकार सम्मेलनमार्फत अवैधानिक निर्णय खारेज गर्नुपर्ने बताएका हुन् । असन्तुष्ट ९ सदस्यले संयुक्त हस्ताक्षरसहित पत्रकार सम्मेलन गरेका हुन् ।

‘मौलिक हकलाई कुन्डित गरिएको छ । मध्यपुरलाई गरिएको कारबाही फुकुवा हुनुपर्छ । सिईओ नियुक्त अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ,’ सन्तुष्ट पक्षका एक सदस्यदले भने,‘खुल्ला प्रतिस्पर्धाबाट नभइ महासचिवले गरेको नियुक्ति मान्ने छैनौं । ’

सोमबार एन्फा कार्यसमिति बैठक सम्पन्न भएको थियो । २१ सदस्यीय कार्यसमिति बैठकबाट महिला सदस्य पेमा लामा भने माइन्युटमा हस्ताक्षर नै नगरि बाहिरिएकी थिइन् ।

असन्तुष्ट पक्षले अवैधानिकरुपमा सिईओ नियुक्ती र विभिन्न पद खोसिएकोमा आपत्ति जनाएका छन् । पछिल्लो तीन महिना नेतृत्वसँग असन्तुष्ट रहेका संकटा क्लबका महासचिव इन्द्रमान तुलाधरको नियुक्ती नै अवैधानिक रहेको उनीहरुको ठहर छ । सिईओ पदको लागि उनले बार्गेनिङ गरेको असन्तुष्ट पक्षको आरोप छ।

अध्यक्ष पकंकजविक्रम नेम्वाङले अवैधानिक तरवले एन्फा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै कानुन समितिका संयोजक अनिल मल्ल र पदपूर्ति समितिका संयोजक विराटजंग शाहीले राजीनामा दिएका थिए ।

यसैगरी एन्फाले भागबन्डा मिलाउन सहकोषाध्यक्षमा नुवाकोट प्रतिनिधि पूर्णमान चित्रकारको ठाउँमा प्रविण यादवलाई ल्याएको छ ।

एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्का  महासचिव पदपुर्ती समितिमा रहे पनि उनले कसैलाई नियुक्त गर्न नमिल्ने बताउँछन् । 

‘पदपूर्ति समितिमा महासचिव भएपछी आफ्नो मान्छे नियुक्त गर्न पाइन्छ भनेर बस्नु भएको छ। महासचिव सदस्य हुन पाउँछ । संयोजक हुन पाउदैन । त्यसैले यो नियुक्ति वैधानिक छैन,’वरिष्ठ उपाध्यक्ष खड्काले भने ।

यसैगरी कार्यसमिति बैठकले एन्फा विधान विपरित कार्य गरेको भन्दै  थप अनुसन्धान र छानविन गर्न अनुसान कमिटिमा पठाउने र अन्तिम निर्णय आउँदासम्मका लागि फुटबल गतिविधिमा संलग्न नगराइने निर्णउय गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्धय विराटजंग शाही र दीर्धबहादुर केसी तथा सदस्यहरु रुपेश अधिकारी, अनिल मल्ल, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रमेश ब्यञ्जनकार र भोजराज शाहीले असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका थिए । 

 

यस्ता छन् असन्तुष्ट पक्षका मागहरु

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो