काठमाडौं । प्रीतिमा १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मुलपानीमा भइरहेको प्रतियोगितामा प्रीतिमाले कस्मिक इन्टरनेसनल एकेडेमीलाई १-० ले पराजित गर्यो । प्रीतिमालाई जित दिलाउन साइमन खवासले निर्णायक गोल गरे ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्धारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र गेटवे एकेडेमी पनि क्वार्टरफाइनलमा पुगे । हाइलीले कोटदेवीलाई ३-१ ले पराजित गर्यो। हाइलीका लागि कृष्ण काकीले २ तथा रोनित लामिछानेले १ गोल गरे । कोटदेवीका विश्व लामाले १ गोल फर्काए ।
गेटवेले प्रारम्भमाथि ४-१ को सहज जित दर्ता गर्यो । गेटवेका प्रदीप खत्रीले २ तथा लक्ष्मण उप्रेती र दर्शन केसीले समान १ गोल गरे । प्रारम्भका सुरज दनुवारले सान्त्वना गोल गरे ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
