चैत्र १३, २०८२ शुक्रबार | २२:५५:२३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

दवाव झेल्न नसक्दा हार ब्यहोर्यौः प्रशिक्षक न्यौपाने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं रेजर्ससँग पराजित भएपछि पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले दवाव झेल्न नसक्दा स्तब्ध बन्नु परेको बताएका छन् ।  

‘जित्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । त्यो पूरा हुन सकेन । पाएका अवसरलाई सुदपयोग गर्न सकेनौं । दोस्रो हाफमा हामीले दवावलाई झेल्न सकेनौं । त्यो नै हारको कारण हो । अन्तिम गोल आफ्नौ गल्तीले ब्यहोर्न पुग्यौं,’ न्यौपानेले भने,‘लगातारको खेलले गर्दा खेलाडीको फिटनेसमा पनि कमी आएको छ । हामीले साचे अनुसारको प्रर्दशन गर्न भने सकेनौं । आगमी खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एक गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै काठमाडौंले २-१ को पुनरागमन जित हासिल गरेको थियो । काठमाडौंलाई जित दिलाउन एन्केनगुय जुनियर र शोखरुखले गोल गरे । पोखराका लागि आयुष घलानले गोल गरे ।

५९ औं मिनेटमा पोखराले आयुषको गोलमार्फत अग्रता लियो । २५ यार्डबाट स्टेफन आनोरको प्रहारलाई काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाएका थिए । तर, नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बललाई आयुषले वान टचमार्फत गोल पोस्टको दिशा दिए ।

८३ औं । काठमाडौंले बराबरी गोल फर्कायो । दिपेश गुरुङको पासमा बक्सबाहिरबाट एन्कुनगुयको फितलो प्रहार गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा शोखरुखले काठमाडौंका लागि निर्णायक गोल गरे । टोजीडिनोभ कोमिवोनको लामो दूरीको पासमा शोखरुखले १८ यार्डबाट गोलकिपर प्रिसोलाई बिट गर्दै सुन्दर गोल गरे ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पर्याप्त आराम नपाउँदा पनि जित निकालेको खुसी लागेको बताए ।

‘हामी जसरी पनि ३ अंक लिने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । त्यसमा सफल भयौं । यो जित निकै महत्वपूर्ण थियो । अझै राम्रो प्रदर्शन हुन सक्थ्यो । पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनौं । हामी १ दिनको मात्र विश्राम पाएका थियौं । खेलाडी पूर्ण रूपमा फिट नहँदा पनि जित निकालेमा खुसी छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो