माघ १५, २०८२ बिहीबार | १७:५३:०७
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

दवाव झेल्न नसक्दा हार ब्यहोर्यौः प्रशिक्षक न्यौपाने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं रेजर्ससँग पराजित भएपछि पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले दवाव झेल्न नसक्दा स्तब्ध बन्नु परेको बताएका छन् ।  

‘जित्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । त्यो पूरा हुन सकेन । पाएका अवसरलाई सुदपयोग गर्न सकेनौं । दोस्रो हाफमा हामीले दवावलाई झेल्न सकेनौं । त्यो नै हारको कारण हो । अन्तिम गोल आफ्नौ गल्तीले ब्यहोर्न पुग्यौं,’ न्यौपानेले भने,‘लगातारको खेलले गर्दा खेलाडीको फिटनेसमा पनि कमी आएको छ । हामीले साचे अनुसारको प्रर्दशन गर्न भने सकेनौं । आगमी खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एक गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै काठमाडौंले २-१ को पुनरागमन जित हासिल गरेको थियो । काठमाडौंलाई जित दिलाउन एन्केनगुय जुनियर र शोखरुखले गोल गरे । पोखराका लागि आयुष घलानले गोल गरे ।

५९ औं मिनेटमा पोखराले आयुषको गोलमार्फत अग्रता लियो । २५ यार्डबाट स्टेफन आनोरको प्रहारलाई काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाएका थिए । तर, नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बललाई आयुषले वान टचमार्फत गोल पोस्टको दिशा दिए ।

८३ औं । काठमाडौंले बराबरी गोल फर्कायो । दिपेश गुरुङको पासमा बक्सबाहिरबाट एन्कुनगुयको फितलो प्रहार गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा शोखरुखले काठमाडौंका लागि निर्णायक गोल गरे । टोजीडिनोभ कोमिवोनको लामो दूरीको पासमा शोखरुखले १८ यार्डबाट गोलकिपर प्रिसोलाई बिट गर्दै सुन्दर गोल गरे ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पर्याप्त आराम नपाउँदा पनि जित निकालेको खुसी लागेको बताए ।

‘हामी जसरी पनि ३ अंक लिने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । त्यसमा सफल भयौं । यो जित निकै महत्वपूर्ण थियो । अझै राम्रो प्रदर्शन हुन सक्थ्यो । पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनौं । हामी १ दिनको मात्र विश्राम पाएका थियौं । खेलाडी पूर्ण रूपमा फिट नहँदा पनि जित निकालेमा खुसी छु ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।