चैत्र ११, २०८२ बुधबार | ०९:४२:३८
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

नेपाल सुपर लिगः पोखरा र काठमाडौंबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पोखराको दुई सुनौला अवसर गोलमा परिणत हुन नसक्दा पहिलो हाफ गोलरहितमा समाप्त भएको हो । यसबीच निर्धारित हाफ सकिन ५ मिनेट बाँकी छँदा पोखराको गोललाई रेफ्रिले अफसाइडको मान्यता दिएको थियो ।

१२औं मिनेटमा पोखराले पहिलो अवसर सृजना गर्यो । सुरज जिउ ठकुरीको क्रसमा फ्र्यान्किल्न कोयेटे टालाले गरेको हेडरले पोस्टको दिशा लिन नसक्दा काठमाडौंले खतरा टरेको थियो । त्यसको दुई मिनेटपछि मोसेस टुमले पेनाल्टी बक्सबाट गरेको प्रहार काठमाडौंका कप्तान अन्जन राईको खुट्टामा लाग्दै बाहिरियो ।

१८औं मिनेटमा टुमको क्रस सञ्जिव विष्टसम्म पुग्न नपुग्दै काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले नियन्त्रणमा लिए ।

२९औं मिनेटमा काठमाडौंले पहिलो अवसर बनायो । तर, शोखरुख एमको फ्रिकिक प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाएपछि काठमाडौं अग्रता लिन बन्चित रह्यो ।

३४औं मिनेटमा पोखराको गोलमा रक्षक आन्द्रेश निया बाधक बने । मार्की खेलाडी आयुष घलानको सुन्दर थ्रु पासमा टुमको लोअर प्रहार पोस्टको जाली नपुग्दै नियाले क्लियर गरेका थिए । त्यसको अर्को मिनेटमै जो आइडोको प्रहार राजिभ लोप्चनले हेडमार्फत क्लियर गरिदिए ।

३८औं मिनेटमा सुरजको क्रसमा टुमको फ्रि हेडर क्रस बारमा लागेर फर्किएपछि काठमाडौैंले पुनः एक पटक राहतको श्वास फेर्यो । त्यसको दुई मिनेटपछि आइडोको थ्रु पासमा टुमले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर उक्त गोललाई रेफ्रिले मान्यता दिएन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो