माघ १८, २०८२ आइतबार | १२:१२:४८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपाल सुपर लिगः पोखरा र काठमाडौंबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पोखराको दुई सुनौला अवसर गोलमा परिणत हुन नसक्दा पहिलो हाफ गोलरहितमा समाप्त भएको हो । यसबीच निर्धारित हाफ सकिन ५ मिनेट बाँकी छँदा पोखराको गोललाई रेफ्रिले अफसाइडको मान्यता दिएको थियो ।

१२औं मिनेटमा पोखराले पहिलो अवसर सृजना गर्यो । सुरज जिउ ठकुरीको क्रसमा फ्र्यान्किल्न कोयेटे टालाले गरेको हेडरले पोस्टको दिशा लिन नसक्दा काठमाडौंले खतरा टरेको थियो । त्यसको दुई मिनेटपछि मोसेस टुमले पेनाल्टी बक्सबाट गरेको प्रहार काठमाडौंका कप्तान अन्जन राईको खुट्टामा लाग्दै बाहिरियो ।

१८औं मिनेटमा टुमको क्रस सञ्जिव विष्टसम्म पुग्न नपुग्दै काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले नियन्त्रणमा लिए ।

२९औं मिनेटमा काठमाडौंले पहिलो अवसर बनायो । तर, शोखरुख एमको फ्रिकिक प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाएपछि काठमाडौं अग्रता लिन बन्चित रह्यो ।

३४औं मिनेटमा पोखराको गोलमा रक्षक आन्द्रेश निया बाधक बने । मार्की खेलाडी आयुष घलानको सुन्दर थ्रु पासमा टुमको लोअर प्रहार पोस्टको जाली नपुग्दै नियाले क्लियर गरेका थिए । त्यसको अर्को मिनेटमै जो आइडोको प्रहार राजिभ लोप्चनले हेडमार्फत क्लियर गरिदिए ।

३८औं मिनेटमा सुरजको क्रसमा टुमको फ्रि हेडर क्रस बारमा लागेर फर्किएपछि काठमाडौैंले पुनः एक पटक राहतको श्वास फेर्यो । त्यसको दुई मिनेटपछि आइडोको थ्रु पासमा टुमले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर उक्त गोललाई रेफ्रिले मान्यता दिएन ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।