त्रिपुरेश्वर । काठमाडौँ महानगरपालिका प्रमुख ११ ( जनप्रतिनिधि) र प्रमुख प्रशासकीय अधिकृत ११ ( कर्मचारी)बीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा सोमाबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जनप्रतिनिधिको नेतृत्व महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले मैत्रिपूर्ण खेलको आयोजना गरेको हो ।
उक्त मैत्रीपूर्ण खेलमा कर्मचारीको टोली ५-३ ले विजयी भयो । कर्मचारीलाई जित दिलाउन जीवन थापाले ३ र सविन लामाले २ गोल गरे । जनप्रतिनिधिका लागि नवीन भण्डारीले २ र प्रेम थापाले १ गोल गरे ।

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
