चैत्र १७, २०८२ मंगलबार | ०२:१०:५९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

पोखरा ।  सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुँदै आएको आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत माघ दोस्रो साता गर्नेगरी प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो । प्रतियोगिताकाे मिति भनेपछि सार्वजनिक गरिनेछ । 

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, सुपर लिगका, विदेशी, मोफसल तथा आयोजकको टोलीले भाग लिने छन् ।

प्रतियोगितालाई सधा झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ ( एन्फा), जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलियालगायतको विशेष सहयोग रहने छ ।

यसैगरी प्रतियोगितालाई लुम्बिनी विकास बैंकले अफिसियल बैंक तथा बुद्ध एयर अफिसियल एयरलायन्सको रूपमा साथ दिएका छन् ।  

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य हो ।  

गत संस्करण संकटा क्लब भुटनीज युथ स्पोर्टस क्लब, मिनिसोटा, अमेरिकालाई हराउँदै च्याम्पियन बनेको थियो ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो