माघ १५, २०८२ बिहीबार | ११:२०:३२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

पोखरा ।  सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुँदै आएको आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत माघ दोस्रो साता गर्नेगरी प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो । प्रतियोगिताकाे मिति भनेपछि सार्वजनिक गरिनेछ । 

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, सुपर लिगका, विदेशी, मोफसल तथा आयोजकको टोलीले भाग लिने छन् ।

प्रतियोगितालाई सधा झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ ( एन्फा), जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलियालगायतको विशेष सहयोग रहने छ ।

यसैगरी प्रतियोगितालाई लुम्बिनी विकास बैंकले अफिसियल बैंक तथा बुद्ध एयर अफिसियल एयरलायन्सको रूपमा साथ दिएका छन् ।  

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य हो ।  

गत संस्करण संकटा क्लब भुटनीज युथ स्पोर्टस क्लब, मिनिसोटा, अमेरिकालाई हराउँदै च्याम्पियन बनेको थियो ।  

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।