चैत्र ८, २०८२ आइतबार | ००:२८:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मेसीलाई टाइम्स म्यागजिनको वर्ष खेलाडी अवार्ड

काठमाडौं । इन्टर मायमीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी टाइम म्यागजिनको वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

गत जुलाईमा मायमी पुगेका मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस)को टोलीबाट सबैखाले प्रतियोगितामा गरि १४ खेलमा ११ गोल गरेका छन् । उनको उच्च प्रदर्शनप्रेरित टोलीले लिग्स कपको उपाधि उचालेको थियो । जुन क्लबको इतिहासमै पहिलो उपाधि हो ।

अर्जेन्टिनाका विश्वकप विजेता सुपरस्टार ३६ वर्षे मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालन डी’अर जितेका थिए । 

‘लियोनेल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरेका छन् । इन्टर मायमीसँग सम्झौता गरेपछि उनले अमेरिकालाई एउटा फुटबल देशको रुपमा पहिचान दिलाएका छन्,’ टाइम्सले लेखेको छ ।

मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिती, टिकटको मुल्य र मर्चेन्टाइज विक्रीमा उल्लेख्य वृद्धि गर्नुका साथै समग्र एमएलएसको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको टाइम्सले जनाएको छ ।

फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेनमा सम्झौता सकिएपछि मेसीले किशोरावस्थाको क्लब बार्सिलोना फर्किने भावुक इच्छा राखेका थिए । तर त्यो सम्भव नभएपछि उनी मायमी वा साउदी प्रो लिगमा सरुवा हुने सोचमा थिए ।

‘मेरो पहिलो विकल्प बार्सिलोना फर्किने नै थियो । तर त्यो सम्भव भएन । त्यसपछि मैले मायमी वा साउदी लिगमध्ये एकलाई रोज्ने निर्णय गरेको थिएँ,’ मेसीले भने, ‘साउदी अरेबियाले पछिल्लो दुई सिजन यता ठूलो रकम खर्चेर लिगलाई धेरै प्रतिस्पर्धात्मक बनाइरहेको छ । निकट भविश्यमा साउदी प्रो लिग विश्वकै ठूलोमध्ये एक हुनेछ । साउदी अरेबिया वा एमएलएस, दुवै मेरा लागि निक्कै आकर्षक थिएँ । मैले अमेरिका रोजेँ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो