माघ १७, २०८२ शनिबार | १४:५२:३५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मेसीलाई टाइम्स म्यागजिनको वर्ष खेलाडी अवार्ड

काठमाडौं । इन्टर मायमीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी टाइम म्यागजिनको वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

गत जुलाईमा मायमी पुगेका मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस)को टोलीबाट सबैखाले प्रतियोगितामा गरि १४ खेलमा ११ गोल गरेका छन् । उनको उच्च प्रदर्शनप्रेरित टोलीले लिग्स कपको उपाधि उचालेको थियो । जुन क्लबको इतिहासमै पहिलो उपाधि हो ।

अर्जेन्टिनाका विश्वकप विजेता सुपरस्टार ३६ वर्षे मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालन डी’अर जितेका थिए । 

‘लियोनेल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरेका छन् । इन्टर मायमीसँग सम्झौता गरेपछि उनले अमेरिकालाई एउटा फुटबल देशको रुपमा पहिचान दिलाएका छन्,’ टाइम्सले लेखेको छ ।

मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिती, टिकटको मुल्य र मर्चेन्टाइज विक्रीमा उल्लेख्य वृद्धि गर्नुका साथै समग्र एमएलएसको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको टाइम्सले जनाएको छ ।

फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेनमा सम्झौता सकिएपछि मेसीले किशोरावस्थाको क्लब बार्सिलोना फर्किने भावुक इच्छा राखेका थिए । तर त्यो सम्भव नभएपछि उनी मायमी वा साउदी प्रो लिगमा सरुवा हुने सोचमा थिए ।

‘मेरो पहिलो विकल्प बार्सिलोना फर्किने नै थियो । तर त्यो सम्भव भएन । त्यसपछि मैले मायमी वा साउदी लिगमध्ये एकलाई रोज्ने निर्णय गरेको थिएँ,’ मेसीले भने, ‘साउदी अरेबियाले पछिल्लो दुई सिजन यता ठूलो रकम खर्चेर लिगलाई धेरै प्रतिस्पर्धात्मक बनाइरहेको छ । निकट भविश्यमा साउदी प्रो लिग विश्वकै ठूलोमध्ये एक हुनेछ । साउदी अरेबिया वा एमएलएस, दुवै मेरा लागि निक्कै आकर्षक थिएँ । मैले अमेरिका रोजेँ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।