माघ १८, २०८२ आइतबार | २०:१७:१६
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

चितवनलाई पोखरा र ललितपुरलाई बुटवलको चुनौती

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो दिन आज (शनिबार) दुई खेल हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ  रंगशालामा हुनेछ । चारै टोली दोस्रो संस्करणमा सुखद् नतिजा निकाल्ने दाउमा छन् ।

दिउसो एक बजे हुने खेलमा आयुष घलान मार्की रहेको पोखरा थन्डर्सले गोलकिपर विशाल श्रेष्ठ मार्की रहेको एफसी चितवनसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबै टोलीले प्रतियोगिताको लागि समान ५ खेलाडीअनुबन्ध गरेका छन् । पोखरा नविन न्यौपानेको प्रशिक्षणमा छ भने चितवन भारतीय प्रशिक्षक मेहराजुद्धिन वाडुको प्रशिक्षणमा खेल्नेछ । कागजी प्रक्रियामा हेर्ने हो भने पोखरा भन्दा चितवन बलियो देखिन्छ ।

पहिलो वर्ष भएको खेलमा पोखराले चितवनलाई २–१ ले हराएको थियो । पोखराको जितमा कप्तान नवयुग श्रेष्ठ र विदेशी खेलाडी राफयल रिमगागोले गोल गरेका थिए । चितवनको लागि शिशिर लेखीले गोल गरेका हुन् । दोस्रो संस्करणमा भने नवयुग चितवनबाट खेल्नेछन् ।

राति साढे ५ बजे हुने खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।

रक्षक अनन्त तामाङ मार्की रहेको ललितपुर अस्ट्रेलियन प्रशिक्षक इयान आन्द्रे गियानको प्रशिक्षणमा छ । टोलीमा राष्ट्रिय टोलीका वर्तमान चार खेलाडी छन् । उमेर समूहका खेलाडी पनि छन् । यस्तै विदेशी खेलाडी पनि स्तरिय रहेको क्लबको दाबी छ ।

बुटवल विजय महर्जनको प्रशिक्षणमा छ । राष्ट्रिय टोलीका मिडफिल्डर एरिक विष्ट मार्की रहेको बुटवलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । दुबै बीचको प्रतिस्पर्धामा ललितपुर बलियो देखिन्छ ।

गतसिजन दुईबीच भएको दुबै भेटमा ललितपुर विजयी भएको थियो । प्लेअफमा अञ्जन विष्टको गोलमा ललितपुरसिटीले बुटवललाई पराजित गरेको थियो । अञ्जन भने हाल झापाका मार्की हुन् ।

त्यसअघि समूह चरणमा पनि ललितपुरले बुटवललाई १–० ले हराएको हो । ललितपुरको जितमा विदेशी खेलाडी नुर्लान नोभरुजोभ जाहिदले गोल गरेका थिए ।

लगातार दुई खेलमा पराजित भएको बुटवल लुम्बिनी आजको खेलमा बदला लिने योजनामा छ ।

प्रतियोगिताको उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराउँदै साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुआत गरेको छ ।

नयाँ तीनसहित ९ टोली सहभागी प्रतियोगितामा ४० खेल हुनेछन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।