चैत्र ७, २०८२ शनिबार | २२:२२:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चितवनलाई पोखरा र ललितपुरलाई बुटवलको चुनौती

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको दोस्रो दिन आज (शनिबार) दुई खेल हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ  रंगशालामा हुनेछ । चारै टोली दोस्रो संस्करणमा सुखद् नतिजा निकाल्ने दाउमा छन् ।

दिउसो एक बजे हुने खेलमा आयुष घलान मार्की रहेको पोखरा थन्डर्सले गोलकिपर विशाल श्रेष्ठ मार्की रहेको एफसी चितवनसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबै टोलीले प्रतियोगिताको लागि समान ५ खेलाडीअनुबन्ध गरेका छन् । पोखरा नविन न्यौपानेको प्रशिक्षणमा छ भने चितवन भारतीय प्रशिक्षक मेहराजुद्धिन वाडुको प्रशिक्षणमा खेल्नेछ । कागजी प्रक्रियामा हेर्ने हो भने पोखरा भन्दा चितवन बलियो देखिन्छ ।

पहिलो वर्ष भएको खेलमा पोखराले चितवनलाई २–१ ले हराएको थियो । पोखराको जितमा कप्तान नवयुग श्रेष्ठ र विदेशी खेलाडी राफयल रिमगागोले गोल गरेका थिए । चितवनको लागि शिशिर लेखीले गोल गरेका हुन् । दोस्रो संस्करणमा भने नवयुग चितवनबाट खेल्नेछन् ।

राति साढे ५ बजे हुने खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीको सामना गर्नेछ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।

रक्षक अनन्त तामाङ मार्की रहेको ललितपुर अस्ट्रेलियन प्रशिक्षक इयान आन्द्रे गियानको प्रशिक्षणमा छ । टोलीमा राष्ट्रिय टोलीका वर्तमान चार खेलाडी छन् । उमेर समूहका खेलाडी पनि छन् । यस्तै विदेशी खेलाडी पनि स्तरिय रहेको क्लबको दाबी छ ।

बुटवल विजय महर्जनको प्रशिक्षणमा छ । राष्ट्रिय टोलीका मिडफिल्डर एरिक विष्ट मार्की रहेको बुटवलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । दुबै बीचको प्रतिस्पर्धामा ललितपुर बलियो देखिन्छ ।

गतसिजन दुईबीच भएको दुबै भेटमा ललितपुर विजयी भएको थियो । प्लेअफमा अञ्जन विष्टको गोलमा ललितपुरसिटीले बुटवललाई पराजित गरेको थियो । अञ्जन भने हाल झापाका मार्की हुन् ।

त्यसअघि समूह चरणमा पनि ललितपुरले बुटवललाई १–० ले हराएको हो । ललितपुरको जितमा विदेशी खेलाडी नुर्लान नोभरुजोभ जाहिदले गोल गरेका थिए ।

लगातार दुई खेलमा पराजित भएको बुटवल लुम्बिनी आजको खेलमा बदला लिने योजनामा छ ।

प्रतियोगिताको उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराउँदै साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुआत गरेको छ ।

नयाँ तीनसहित ९ टोली सहभागी प्रतियोगितामा ४० खेल हुनेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो