माघ १८, २०८२ आइतबार | १२:४९:४८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

यमनविरुद्ध लाकेनले नखेल्ने

काठमाडौं । यमनविरुद्ध दशरथ रंगशालामा मंगलबार हुने खेलमा मिडफिल्डर लाकेन लिम्बू उपलब्ध नहुने भएका छन् ।

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध घाइते भएका लाकेन दोस्रो खेलमा यमनविरुद्ध पनि उपलब्ध नहुने प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले बताएका छन् ।

‘लाकेन उपलब्ध हुने अवस्था छैन,’ एनेसले भने । एनेसले रक्षक अनन्त तामाङको पनि टुंगो नलागेको बताएका छन् । ‘उनी फिट छन् । तर, मेडिकल टोलीको अन्तिम निर्णय पर्खन्छौं,’ उनले भने ।

लाकेन पहिलो हाफको १८औं मिनेटमा घाइते भएर मैदान छाडेका थिए । उनको स्थानमा अमृत श्रेष्ठ खेले । युएईविरुद्ध एनेसले रक्षक छिरिङ गुरुङ, अञ्जन राई र योगेश गुरुङलाई डेब्यु गराएका थिए । लाकेनले राष्ट्रिय टोलीबाट ९ खेल खेलेका छन् ।

दशरथ रंगशालामा दुईबीचको खेल राति ७ बजे सुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–०  र यमन बहराइनविरुद्ध २–० ले हारेको थियो ।

समूह ‘एच’ मा युएई र बहराइनको समान तीन अंक छ । समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् ।

एन्फाले यमनविरुद्ध टिकट मुल्य समेत निर्धारण गरिसकेको छ । साधारण प्यारापिटतर्फ चार सय रुपैँया र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैँया तोकेको छ । एन्फाले राति खेल भएको हुँदा समर्थकको लागि तत्काल २५ बसको ब्यवस्था गरेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।