चैत्र ११, २०८२ बुधबार | ०९:३५:४१
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

यमनविरुद्ध लाकेनले नखेल्ने

काठमाडौं । यमनविरुद्ध दशरथ रंगशालामा मंगलबार हुने खेलमा मिडफिल्डर लाकेन लिम्बू उपलब्ध नहुने भएका छन् ।

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध घाइते भएका लाकेन दोस्रो खेलमा यमनविरुद्ध पनि उपलब्ध नहुने प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले बताएका छन् ।

‘लाकेन उपलब्ध हुने अवस्था छैन,’ एनेसले भने । एनेसले रक्षक अनन्त तामाङको पनि टुंगो नलागेको बताएका छन् । ‘उनी फिट छन् । तर, मेडिकल टोलीको अन्तिम निर्णय पर्खन्छौं,’ उनले भने ।

लाकेन पहिलो हाफको १८औं मिनेटमा घाइते भएर मैदान छाडेका थिए । उनको स्थानमा अमृत श्रेष्ठ खेले । युएईविरुद्ध एनेसले रक्षक छिरिङ गुरुङ, अञ्जन राई र योगेश गुरुङलाई डेब्यु गराएका थिए । लाकेनले राष्ट्रिय टोलीबाट ९ खेल खेलेका छन् ।

दशरथ रंगशालामा दुईबीचको खेल राति ७ बजे सुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–०  र यमन बहराइनविरुद्ध २–० ले हारेको थियो ।

समूह ‘एच’ मा युएई र बहराइनको समान तीन अंक छ । समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् ।

एन्फाले यमनविरुद्ध टिकट मुल्य समेत निर्धारण गरिसकेको छ । साधारण प्यारापिटतर्फ चार सय रुपैँया र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैँया तोकेको छ । एन्फाले राति खेल भएको हुँदा समर्थकको लागि तत्काल २५ बसको ब्यवस्था गरेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो