माघ १५, २०८२ बिहीबार | २२:३१:५४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपाललाई सहज रुपमा लिँदैनौंः यमनी प्रशिक्षक सुकोप

काठमाडौं । यमन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई सहज रुपमा नलिने बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले यमनको सामना गर्दैछ । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले समूह ‘एच’ अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलानात्मक रुपमा कमजोर मानिएको नेपाललाई कमजोर रुपमा नलिएको सुकोपले बताए ।

‘नेपालसँग खेल्न सजिलो हुने छैन । टोली एकदमै राम्रो छ । हामीले हेरेका छौं, कसरी नेपालले लाओसलाई हराएर दोस्रो चरण पुगेको । चार दिन अगाडि युएईसँग पनि राम्रो खेल्यो । फरक यत्ति हो की युएईले पाएको अवसरलाई गोलमा परिणत गर्यो । त्यसैले हामीले नेपाललाई सहज रुपमा लिएका छैनौं, ’ सुकोपले भने, ‘आज हामी अन्तिम तयारी गर्नेछौं’

यमनको टोली आइतबार काठमाडौं आइपुगेको हो । बिहान ८ः४५ बजे आइपुग्ने तालिका रहेपनि प्राबिधिक समस्या रहेका कारण टोली दिउँसो ४ः४५ मा  त्रिभुवन विमानस्थल अवतरण गरेको हो । यसले टोलीलाई थकित बनाएको सुकोपले बताए ।

‘हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पुग्यौं । काठमाडौं आइपुग्दा सबै थकित भए । तर, खेलाडीहरु मनोबैज्ञानिक रुपमा तयार छन्,’ सुकोपले भने, ‘बेलुका ७ बजे खेल भएकाले हामीलाई समस्या छैन । हामी नेपालविरुद्ध खेल्न तयार छौं ।’

त्यस्तै कप्तान अब्दुल्लासी अल मुतारीले टोलीमा अनुभवको कमी नभएका कारण नेपालविरुद्ध समस्या नहुने बताए । ‘८० प्रतिशतभन्दा बढि खेलाडी पुरानानै छन् । बहराइनविरुद्ध केही गल्ती भएको थियो । त्यसलाई भोलि हुन दिँदैनौं,’ मुतारीले भने । 

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २–० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि  कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे  हुनेछ । एन्फाले साधारण प्यारापेटतर्फ रू.४०० र भिआईपी प्यारापेटतर्फ रू.१००० टिकट मुल्य निर्धारण गरेको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।