चैत्र ७, २०८२ शनिबार | २१:४१:५४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाललाई सहज रुपमा लिँदैनौंः यमनी प्रशिक्षक सुकोप

काठमाडौं । यमन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई सहज रुपमा नलिने बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले यमनको सामना गर्दैछ । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले समूह ‘एच’ अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलानात्मक रुपमा कमजोर मानिएको नेपाललाई कमजोर रुपमा नलिएको सुकोपले बताए ।

‘नेपालसँग खेल्न सजिलो हुने छैन । टोली एकदमै राम्रो छ । हामीले हेरेका छौं, कसरी नेपालले लाओसलाई हराएर दोस्रो चरण पुगेको । चार दिन अगाडि युएईसँग पनि राम्रो खेल्यो । फरक यत्ति हो की युएईले पाएको अवसरलाई गोलमा परिणत गर्यो । त्यसैले हामीले नेपाललाई सहज रुपमा लिएका छैनौं, ’ सुकोपले भने, ‘आज हामी अन्तिम तयारी गर्नेछौं’

यमनको टोली आइतबार काठमाडौं आइपुगेको हो । बिहान ८ः४५ बजे आइपुग्ने तालिका रहेपनि प्राबिधिक समस्या रहेका कारण टोली दिउँसो ४ः४५ मा  त्रिभुवन विमानस्थल अवतरण गरेको हो । यसले टोलीलाई थकित बनाएको सुकोपले बताए ।

‘हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पुग्यौं । काठमाडौं आइपुग्दा सबै थकित भए । तर, खेलाडीहरु मनोबैज्ञानिक रुपमा तयार छन्,’ सुकोपले भने, ‘बेलुका ७ बजे खेल भएकाले हामीलाई समस्या छैन । हामी नेपालविरुद्ध खेल्न तयार छौं ।’

त्यस्तै कप्तान अब्दुल्लासी अल मुतारीले टोलीमा अनुभवको कमी नभएका कारण नेपालविरुद्ध समस्या नहुने बताए । ‘८० प्रतिशतभन्दा बढि खेलाडी पुरानानै छन् । बहराइनविरुद्ध केही गल्ती भएको थियो । त्यसलाई भोलि हुन दिँदैनौं,’ मुतारीले भने । 

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २–० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि  कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे  हुनेछ । एन्फाले साधारण प्यारापेटतर्फ रू.४०० र भिआईपी प्यारापेटतर्फ रू.१००० टिकट मुल्य निर्धारण गरेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो