चैत्र १८, २०८२ बुधबार | ०६:३८:०६
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

विश्वकप छनोटः युएईविरुद्ध सम्मानजनक प्रदर्शनको आशा

काठमाडौं । दुबईमा नेपालले आज विश्वकप खेलिसकेको संयुक्त अरब इमिरेट्स(युएई) संग खेलिरहँदा एउटै लक्ष्य बोक्नेछ, त्यो हो सम्मानजनक प्रदर्शन ।

एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अल मौकटम रंगशालामा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः३० बजे सुरु हुनेछ ।

दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पोचुर्गलको नेतृत्व गरिसकेका बेन्टोले गत डिसेम्बरमा भएको कतार विश्वकपमा एसियाली पावरहाउस दक्षिण कोरियालाई अन्तिम १६ सम्म पुर्याएका थिए ।

पाओलो बेन्टोको प्रशिक्षणमा रहेको युएई जनवरीमा हुने एसियन कप प्रतियोगिताअघि अन्तिम दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । एक आज नेपालविरुद्ध, अर्को पाँच दिनपछि बहराइनसँग । समूह ‘एच’ मा रहेको अर्को टोली हो यमन । नेपालले पाँच दिनपछि यमनविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पोचुर्गलको नेतृत्व गरिसकेका बेन्टोले गत डिसेम्बरमा भएको कतार विश्वकपमा एसियाली पावरहाउस दक्षिण कोरियालाई अन्तिम १६ सम्म पुर्याएका थिए । अहिले बेन्टो पुनः एसियाली टोलीको जिम्मेवारीमा छन् ।

आफ्नो अन्तर्राष्ट्रिय अनुभवलाई मज्जाले प्रयोग गर्ने हो भने बेन्टो तयार छन्, युएईलाई इतिहासमै दोस्रो पटक विश्वकपमा पुर्याउन । युएईले पछिल्लो पटक १९९० इटाली विश्वकप खेलेको थियो । त्यतिबेला युएईका प्रशिक्षक थिए, खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने ब्राजिलियन मारियो जागालो । युएईलाई बेन्टोसँग पनि त्यहि आशा रहनेछ । युएईको विश्वकप यात्राको सुरुआत आज नेपालविरुद्ध खेल्दै हुनेछ ।

फिफा वरियतामा युएई ६९ औं स्थानमा रहेकाले पनि आज नेपालको जित्ने सम्भावना एकदमै कम छ । लगभग शुन्य बराबर जस्तै । त्यसैले आशा सम्मानजनक प्रदर्शन मात्रै रहनेछ । नेपाल वरियताको १७३ औं स्थानमा रहेको हुनाले पनि यस्तो अनुमान गरिएको हो ।

गत जुनमा युएईको प्रशिक्षकमा नियुक्त भएका बेन्टोले सुरुआती तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उनको डेब्यु खेलमा युएईले कोस्टा रिकालाई ४–१ ले पराजित गरेको थियो । त्यस्तै गत महिना मात्र टोलीले घरेलु मैदानमा कुवेत र लेबनानलाई हराएको थियो ।

नेपालको स्थिति भने ठ्याक्कै उल्टो छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाललाई दोस्रो चरण पुग्न पनि हम्मे–हम्मे भएको थियो । अट्यारक मनिष डाँगीको निर्णायक गोलमा नेपालले पहिलो चरणको दोस्रो लेगमा घरेलु टोली लाओसलाई १–० ले हराएको थियो । त्यसअघि नेपालले दशरथ रंगशालामा १–१ को बराबरी खेल्यो ।

युएई अर्को चरण पुग्ने समूहको प्रबल दावेदार टोली हो । युएईपछि बहराइनलाई अर्को दावेदार टोलीका रुपमा हेरिएको छ । यसपाली देखि विश्वकपमा ४८ टोलीको प्रतिस्पर्धा हुने भएकाले पनि युएईलाई विश्वकपमा पुग्न थप सहज हुनेछ । एएफसीबाट विश्वकपमा छनोट हुने टोलीको संख्या चारबाट आठ पुर्याइएकोले पनि युएईलाई विश्वकपको टिकट काट्न गाह्रो नहुने अनुमान गर्न सकिन्छ ।

कतार विश्वकप छनोटमा युएई अन्तर संघीय प्लेअफमा अस्ट्रेलियासँग पराजित भएको थियो । समग्रमा युएई त्यतिबेला छैटौं स्थानमा रहेको थियो । यसपाली त्यहि प्रदर्शन दोहोर्याउने हो भने युएई विश्वकपमा सहजै छनोट हुनेछ ।

उता नेपालको स्थिति भने ठ्याक्कै उल्टो छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाललाई दोस्रो चरण पुग्न पनि हम्मे–हम्मे भएको थियो । अट्याकर मनिष डाँगीको निर्णायक गोलमा नेपालले पहिलो चरणको दोस्रो लेगमा घरेलु टोली लाओसलाई १–० ले हराएको थियो । त्यसअघि नेपालले दशरथ रंगशालामा १–१ को बराबरी खेल्यो ।

लाओसविरुद्धको जित, विश्वकप छनोट इतिहासमा नेपालका लागि सातौं जित थियो । यसअघि नेपालले २०२२ छनोटमा चाइनिज ताइपेई, २०१४ छनोटमा इस्ट टिमोर र २००२ छनोटमा मकाउलाई समान दुई लेगमा पराजित गरेको थियो ।

संयुक्त छनोटको दोस्रो चरणमा छनोट हुन सफल कुल ३६ टोलीलाई ९ समूहमा विभाजन गरिएको छ । समूह विजेता र उपविजेता टोलीले स्वतः ‘एएफसी एसियन कप २०२७’ मा आफ्नो स्थान सुरक्षित गर्ने भएकाले पनि यी खेलहरु नेपालका लागि पनि महत्वपूर्ण छन् । तर, महत्वपूर्ण छन् भनेर मात्रै हुँदैन । यमनबाहेक अन्य टोलीविरुद्ध जित निकाल्न नेपाललाई गाह्रो नै छ ।

त्यसोत खेलअघिको प्रि–म्याच कन्फरेन्समा बुधबार नेपाली प्रशिक्षक एनेसले युएईसँग खेल्दा आफूहरु नडराउने र बलियो चुनौती प्रस्तुत गर्ने बताए ।

एनेसको प्रतिक्रियाले नेपाली टोलीको बास्तविकता लुक्दैन । होला टोली नयाँ र युवा जोशले भरिएको छ । विपक्षी टोलीको स्तर नेपालको भन्दा निकै माथि छ । युएईको २३ सदस्यीय टोली सबै मोटो रकम पाउने घरेलु लिग खेलिरहेका छन् । 

‘युएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौँ । हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ । त्यसैले यो टोलीमा जोश छ ।  युएई राम्रो टोली हो तर डराएका छैनौं,’ एनेसले भनेका थिए ।

एनेसको प्रतिक्रियाले नेपाली टोलीको बास्तविकता लुक्दैन । होला टोली नयाँ र युवा जोशले भरिएको छ । विपक्षी टोलीको स्तर नेपालको भन्दा निकै माथि छ । युएईको २३ सदस्यीय टोली सबै मोटो रकम पाउने घरेलु लिग खेलिरहेका छन् । मिडफिल्डर काइओ क्यानेडो र स्ट्राइकर फाबियो लिमा त झन् ब्राजिलमा जन्मेर युएईको प्रतिनिधित्व गर्छन् ।

नेपाली टोलीमा कर्मकाण्डी लिग खेलेका खेलाडी छन् । एकाध खेलाडी बाहेक सबै घरेलु लिग खेल्ने नै खेलाडी हुन् । त्यो पनि तीन महिने लिग । यसपटकको अन्तिम २३ सदस्यीय टोलीमा आठ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव नै छैन । तीन खेलाडी त पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

युएईका प्रमुख खेलाडी हुन् स्ट्राइकर अली माबखाउट । उनले एक सय ११ अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ८१ गोल गरिसकेका छन् ।

 नेपाली टोलीमा कर्मकाण्डी लिग खेलेका खेलाडी छन् । एकाध खेलाडी बाहेक सबै घरेलु लिग खेल्ने नै खेलाडी हुन् । त्यो पनि तीन महिने लिग । यसपटकको अन्तिम २३ सदस्यीय टोलीमा आठ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव नै छैन । तीन खेलाडी त पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

नेपालका लागि आजका प्रमुख खेलाडी कप्तान किरण नै हुनेछन् । किरणसामु विपक्षीबाट आउने बललाई रोक्ने चुनौती हुनेछ ।

पछिल्लो खेलका हिरो मनिष थाइल्यान्ड, गोलकिपर तथा कप्तान किरण कुमाल लिम्बू भारत र रोहित चन्द इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्छन् । अरु सबै नेपालमै खेल्छन् ।

नेपालका लागि आजका प्रमुख खेलाडी कप्तान किरण नै हुनेछन् । किरणसामु विपक्षीबाट आउने बललाई रोक्ने चुनौती हुनेछ । नेपाल आज अनुभवी रक्षक अनन्त तामाङ र युवा मिडफिल्डर आभाष लामिछाने बिना मैदान उत्रिनेछ । अनन्त घाइते छन् । आभाष ब्यक्तिगत कारण राष्ट्रिय टोलीको तयारीमा समावेश भएनन् । यी दुई खेलाडीको अनुपस्थितिले पनि नेपाललाई आज थप गाह्रो हुनेछ ।

यसका बावजुद युएईका प्रशिक्षक बेन्टो नेपाली टोलीलाई कमजोर रुपमा नलिने बताउँछन् । बुधबार बेन्टोले प्रि–म्याचमा भनेका थिए, ‘वरियतामा पछाडि भएपनि हामी नेपाललाई सजिलो टोलीका रुपमा लिँदैनौँ ।’

जे जस्तो भएपनि नेपालका लागि आजको खेल ऐतिहासिक हुनेछ । विश्वकप खेलिसकेको टोलीसँग खेल्नु आफैमा एउटा एक्सपोजर हो । हुन त नेपालले गत वर्ष अस्ट्रेलियासँग खेलिसकेको छ । अस्ट्रेलियासँग खेलेको अनुभव नेपाली टोलीले युएईसामू प्रस्तुत गर्न आवश्यक छ ।

नेपालले १९८४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युएईसँगै ११–० को लज्जास्पद हार ब्यहोरेको थियो । यसपाली यस्तो अवश्य हुनेछैन ।

त्यतिबेला खेलेका केही खेलाडी अहिले टोलीमा छैनन् । तर, जति छन् तिनीहरुले अस्ट्रेलियासँग खेलेको अनुभव मैदानमा प्रस्तुत गर्न आवश्यक छ । नेपालले १९८४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युएईसँगै ११–० को लज्जास्पद हार ब्यहोरेको थियो । यसपाली यस्तो अवश्य हुनेछैन । नेपालले सम्मानजनक प्रदर्शन गर्न सकोस् । शुभकामना !

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो