चैत्र १६, २०८२ सोमबार | १९:०४:०६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

उज्वेकिस्तानका फरवार्ड शोखरुख काठमाडौंमा अनुबन्ध

काठमाडौं । साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उज्वेकिस्तानका फरवार्ड महमुदजोजिएभ शोखरुखलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले चौथो विदेशी खेलाडीका रूपमा शोखरुखलाई भित्र्याएको हो । यसअघि क्लबले क्यामरुनका रक्षक जुआन ओलिभर सिमो कुन्गुइर, स्टेफन अबेकु अक्वाह तथा विंगर जुनियर अनगुइनेसँग सम्झौता गरेको थियो ।

उज्वेकिस्तानको यु-२३ टोलीको प्रतिनिधित्व गरिसकेका शोखरुखसँग घरेलु तथा रुसी क्लबबाट खेलेको अनुभव छ ।

हिसुब थपलिया मर्की खेलाडी रहेको काठमाडौंले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीको सामना गर्नेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंको टोली

हिसुब थपलिया (मार्की) , दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशील कुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने, महमुदजोजिएभ शोखरुख


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो