चैत्र ६, २०८२ शुक्रबार | ०१:३७:१५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

राजुकाजी शाक्य

अन्तर्राष्ट्रिय फुटबल नक्सामा नेपालको स्थान खोज्‍न निक्कै कठिन छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म व्यवहारिक रुपमा चुनौती पेश गरेको भनेकै दक्षिण एसियाको घेराभित्रमात्र हो । त्यसबाहिर जाँदा जहिल्यै नेपाल एउटा निरिह र असहाय प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुने गरेको छ । दक्षिण एसियामा भने नेपालले अहिलेसम्म चार पटक स्वर्ण पदक जितिसकेको छ ।

चार पटक दक्षिण एसियाली खेलकुद (नवौं संस्करणसम्म साफ, हालको साग)मा नेपालले स्वर्ण पदक जित्दा राजुकाजी शाक्यले तीन पटक उपाधि भिरेका छन् । दक्षिण एसियाली खेलकुदमा फुटबलबाट तीन पटक स्वर्ण पदक जित्‍ने शाक्य एकमात्र नेपाली हुन् । सागका तीनवटा स्वर्ण पदक शाक्यले तीन फरक भूमिकामा जितेका छन् । टिमको एउटा महत्वपूर्ण खेलाडी, कप्तान र प्रशिक्षक तीन भूमिकामा शाक्यले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक चुमे। सहायक प्रशिक्षकका रूपमा पनि उनले एक पटक रजत पदक भिर्ने अवसर पाएका थिए।

सन् १९८४ मा नेपालबाट दक्षिण एसियाली खेलकुदको कुम्भमेला साफ सुरु हुँदा फुटबलमा नेपालले स्वर्ण पदक जितेको थियो । त्यतिबेला स्वर्ण पदक जित्दाका महत्वपूर्ण खेलाडी शाक्यले त्यसपछि भारतको मद्रासमा १९९५ मा भएको सातौं संस्करणसम्म लगातार सहभागिता जनाए । सागका सात संस्करणसम्म खेलाडीका रुपमा मैदान उत्रिने पनि शाक्य एक्ला नेपाली फुटबलर हुन् । सातौं साफपछि बुट थन्क्याउने निर्णय गरेका शाक्यकै कप्तानीमा नेपालले छैटौं साफमा फुटबलको स्वर्ण पदक जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा नेपालले फुटबलको स्वर्ण पदक जित्दा कप्तानको रुपमा शाक्यको नेतृत्व र रक्षकका रुपमा प्रदर्शन दुवै तारिफयोग्य थियो ।

सन् १९९९ मा काठमाडौंमा साफको आठौं संस्करण हुँदा शाक्यले खेलाडीका रुपमा संन्यास लिइसकेका थिए । त्यतिबेला दशरथ रंगशालामा नेपालले रजत पदक जित्यो । खेलाडीका रुपमा संन्यास लिइसके पनि त्यो रजत पदकमा पनि शाक्यको योगदान सहायक प्रशिक्षकका रुपमा रहयो ।

सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा १२औं संस्करण हुँदा नेपाल ३ स्वर्ण पदकमा खुम्चियो। देशले आशा गरेका मार्शल आर्टसका सबैजसो विधामा निराशा हात लाग्दा फुटबलले महत्वपूर्ण स्वर्ण जिताएर नेपाली समर्थकलाई सान्त्वना दिएको थियो र नेपाली टोलीको त्राण भर्ने त्यो स्वर्ण जिताउने सारथी उनै शाक्य थिए।

नेपालले डेढ वर्षअघि काठमाडौंमा सम्पन्न १३औं सागमा पनि फुटबलको स्वर्ण पदक जित्यो । ५१ स्वर्ण पदक जितेर पदकतालिकामा दोस्रो स्थान पनि हासिल गर्‍यो । तर फुटबलमात्र नभई सायद समग्र नेपाली खेलकुदकै सबभन्दा सफल खेलाडी/खेलकर्मीका रुपमा शाक्यले बनाएको छवि भने अझै पनि कायम छ, कसैले सुधार्ने आशामा ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो