माघ १६, २०८२ शुक्रबार | ११:०४:१५
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

राजुकाजी शाक्य

अन्तर्राष्ट्रिय फुटबल नक्सामा नेपालको स्थान खोज्‍न निक्कै कठिन छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म व्यवहारिक रुपमा चुनौती पेश गरेको भनेकै दक्षिण एसियाको घेराभित्रमात्र हो । त्यसबाहिर जाँदा जहिल्यै नेपाल एउटा निरिह र असहाय प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुने गरेको छ । दक्षिण एसियामा भने नेपालले अहिलेसम्म चार पटक स्वर्ण पदक जितिसकेको छ ।

चार पटक दक्षिण एसियाली खेलकुद (नवौं संस्करणसम्म साफ, हालको साग)मा नेपालले स्वर्ण पदक जित्दा राजुकाजी शाक्यले तीन पटक उपाधि भिरेका छन् । दक्षिण एसियाली खेलकुदमा फुटबलबाट तीन पटक स्वर्ण पदक जित्‍ने शाक्य एकमात्र नेपाली हुन् । सागका तीनवटा स्वर्ण पदक शाक्यले तीन फरक भूमिकामा जितेका छन् । टिमको एउटा महत्वपूर्ण खेलाडी, कप्तान र प्रशिक्षक तीन भूमिकामा शाक्यले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक चुमे। सहायक प्रशिक्षकका रूपमा पनि उनले एक पटक रजत पदक भिर्ने अवसर पाएका थिए।

सन् १९८४ मा नेपालबाट दक्षिण एसियाली खेलकुदको कुम्भमेला साफ सुरु हुँदा फुटबलमा नेपालले स्वर्ण पदक जितेको थियो । त्यतिबेला स्वर्ण पदक जित्दाका महत्वपूर्ण खेलाडी शाक्यले त्यसपछि भारतको मद्रासमा १९९५ मा भएको सातौं संस्करणसम्म लगातार सहभागिता जनाए । सागका सात संस्करणसम्म खेलाडीका रुपमा मैदान उत्रिने पनि शाक्य एक्ला नेपाली फुटबलर हुन् । सातौं साफपछि बुट थन्क्याउने निर्णय गरेका शाक्यकै कप्तानीमा नेपालले छैटौं साफमा फुटबलको स्वर्ण पदक जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा नेपालले फुटबलको स्वर्ण पदक जित्दा कप्तानको रुपमा शाक्यको नेतृत्व र रक्षकका रुपमा प्रदर्शन दुवै तारिफयोग्य थियो ।

सन् १९९९ मा काठमाडौंमा साफको आठौं संस्करण हुँदा शाक्यले खेलाडीका रुपमा संन्यास लिइसकेका थिए । त्यतिबेला दशरथ रंगशालामा नेपालले रजत पदक जित्यो । खेलाडीका रुपमा संन्यास लिइसके पनि त्यो रजत पदकमा पनि शाक्यको योगदान सहायक प्रशिक्षकका रुपमा रहयो ।

सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा १२औं संस्करण हुँदा नेपाल ३ स्वर्ण पदकमा खुम्चियो। देशले आशा गरेका मार्शल आर्टसका सबैजसो विधामा निराशा हात लाग्दा फुटबलले महत्वपूर्ण स्वर्ण जिताएर नेपाली समर्थकलाई सान्त्वना दिएको थियो र नेपाली टोलीको त्राण भर्ने त्यो स्वर्ण जिताउने सारथी उनै शाक्य थिए।

नेपालले डेढ वर्षअघि काठमाडौंमा सम्पन्न १३औं सागमा पनि फुटबलको स्वर्ण पदक जित्यो । ५१ स्वर्ण पदक जितेर पदकतालिकामा दोस्रो स्थान पनि हासिल गर्‍यो । तर फुटबलमात्र नभई सायद समग्र नेपाली खेलकुदकै सबभन्दा सफल खेलाडी/खेलकर्मीका रुपमा शाक्यले बनाएको छवि भने अझै पनि कायम छ, कसैले सुधार्ने आशामा ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।