माघ १५, २०८२ बिहीबार | १६:३३:४२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पेनाल्टीमा असफल भयौंः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । बुधबार दक्षिण एसियाली फुटबल संघ(साफ) च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले पेनाल्टी प्रहार गर्ने खेलाडीहरु घाइते भएकाले खेल हार्न परेको प्रतिक्रिया दिएका छन् ।

खेलपछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टाइब्रेकरका प्रमुख खेलाडी मैदानमा नरहनु हारको मुख्य कारण रहेको बताए ।

‘खेलको पूरा समय खेलाडीले निकै मिहिनेत गरे । तर, मिहिनेत गर्दागर्दै पनि नतिजा आएन, ’ श्रेष्ठले भने,‘पेनाल्टी प्रहार गर्ने सबै खेलाडीहरु घाइते थिए । दीपक, अभिनास र समीर मैदानमा थिएनन्, त्यसैले हामीले अन्य विकल्प रोज्नुपर्यो ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीले १ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिइएको थियो ।

पेनाल्टीमा भारतका लागि अर्जुन सिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गर्दा दिनेश सिंह सौबम र रिक्की हओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाएका थिए । नेपालका लागि आश्विन घोरासैनी र कुशल देउबाले गोल गरे ।

प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल रेमीले बचाए भने लछु थापा र बिक्रम तामाङको प्रहार बाहिरिएको थियो ।

उता भारतीय प्रशिक्षक सुभेन्डु पान्डाले खेल सोचेभन्दा गाह्रो भएको बताए । निर्धारित समयमै नतिजा आफ्नो पक्षमा ल्याउन चाहेपनि खेल टाइब्रेकरसम्म पुगेको पान्डाको प्रतिक्रिया थियो ।

‘हामील खेले टाइब्रेकरसम्म जान्छ भनेर सोचेका पनि थिएनौँ । निर्धारित समयमै खेल सकाउने योजना थियो । तर, खेलाडीहरुलाई दर्शकहरुले पनि गाह्रो बनायो । हाम्रा खेलाडीले यसरी बाक्लो दर्शकसामू खेलेको यो नै पहिलोपटक होला, ’ पान्डाले भने, ‘यस्तो परिष्ठिती आउँछ भनेर मैले खेलाडीलाई खेलअघि नै तयार रहन भनेको थिएँ । नेपालसँग घरेलु समर्थकको बाक्ले साथ रहेकाले सर्तक रहन भनेको थिएँ । जे होस् ! हामी तयार थियौँ ।’

भारतले शनिबार फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बुधबार नै सेमिफाइनलमा भुटानलाई हराएको थियो । सो खेलको निर्णय पनि पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।