चैत्र ७, २०८२ शनिबार | १७:१८:१६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

पेनाल्टीमा असफल भयौंः प्रशिक्षक श्रेष्ठ

काठमाडौं । बुधबार दक्षिण एसियाली फुटबल संघ(साफ) च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली यु–१९ टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले पेनाल्टी प्रहार गर्ने खेलाडीहरु घाइते भएकाले खेल हार्न परेको प्रतिक्रिया दिएका छन् ।

खेलपछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टाइब्रेकरका प्रमुख खेलाडी मैदानमा नरहनु हारको मुख्य कारण रहेको बताए ।

‘खेलको पूरा समय खेलाडीले निकै मिहिनेत गरे । तर, मिहिनेत गर्दागर्दै पनि नतिजा आएन, ’ श्रेष्ठले भने,‘पेनाल्टी प्रहार गर्ने सबै खेलाडीहरु घाइते थिए । दीपक, अभिनास र समीर मैदानमा थिएनन्, त्यसैले हामीले अन्य विकल्प रोज्नुपर्यो ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीले १ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिइएको थियो ।

पेनाल्टीमा भारतका लागि अर्जुन सिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गर्दा दिनेश सिंह सौबम र रिक्की हओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाएका थिए । नेपालका लागि आश्विन घोरासैनी र कुशल देउबाले गोल गरे ।

प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल रेमीले बचाए भने लछु थापा र बिक्रम तामाङको प्रहार बाहिरिएको थियो ।

उता भारतीय प्रशिक्षक सुभेन्डु पान्डाले खेल सोचेभन्दा गाह्रो भएको बताए । निर्धारित समयमै नतिजा आफ्नो पक्षमा ल्याउन चाहेपनि खेल टाइब्रेकरसम्म पुगेको पान्डाको प्रतिक्रिया थियो ।

‘हामील खेले टाइब्रेकरसम्म जान्छ भनेर सोचेका पनि थिएनौँ । निर्धारित समयमै खेल सकाउने योजना थियो । तर, खेलाडीहरुलाई दर्शकहरुले पनि गाह्रो बनायो । हाम्रा खेलाडीले यसरी बाक्लो दर्शकसामू खेलेको यो नै पहिलोपटक होला, ’ पान्डाले भने, ‘यस्तो परिष्ठिती आउँछ भनेर मैले खेलाडीलाई खेलअघि नै तयार रहन भनेको थिएँ । नेपालसँग घरेलु समर्थकको बाक्ले साथ रहेकाले सर्तक रहन भनेको थिएँ । जे होस् ! हामी तयार थियौँ ।’

भारतले शनिबार फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बुधबार नै सेमिफाइनलमा भुटानलाई हराएको थियो । सो खेलको निर्णय पनि पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो