चैत्र १०, २०८२ मंगलबार | १०:२४:१९
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

टोलीको प्रदर्शनप्रति गर्व छः प्रशिक्षक डेन्डुप

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न नसके पनिभुटानका प्रशिक्षक छिरिङ डेन्डुपले खेलाडीहरुको साफ यात्रामा गर्व गर्न सक्ने धेरै कुराहरु रहेको बताए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा ६-५ ले पराजित गर्यो  । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीमा भएको थियो ।

पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल  गरे । 

भुटानका लागि किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरे । छैटौं प्रहार गर्न आएका छिरिम पेल्जाङको प्रहार भने साहिल गुलले बचाए ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै डेन्डुपले यी युवा खेलाडीको प्रदर्शन गर्व गर्न लायक रहेको र चाँडै नै सिनियर टोलीमा स्थान बनाउने बताए ।

‘पाकिस्तान बलियो टोली हो । हामीले डिफेन्सलाई बिट नै गर्न सकेनौं । हामीलाई आजको खेलमा गार्हो हुनेछ भन्ने थाहा थियो, किनभने हामीले पर्याप्त आराम समय पाएनौं । साथै काउन्टर अत्याकमा चुकेका कारण हामी सेमिफाइनल जान बन्चित भयौं, डेन्डुपले भने, ‘आउने दिनमा मैले यी खेलाडीहरुको भविष्य उज्ज्वल देख्छु । दुई खेलाडीले सिनियर टोलीमा स्थान बनाइसके । अब आउने १–२ वर्षमा यस टोलीमा भएका अधिकांश खेलाडीहरुले सिनियर टोलीमा स्थान बनाउनेमा म विश्वस्त छु । यी खेलाडीहरु व्यक्तिगत रुपमा पनि, पोजेसन अनुसार पनि एकदमै राम्रा छन् ।’

उता विजयी टोलीका प्रशिक्षक अम्ना साहिदले पहिलोपटक फाइनलमा पुग्दा एकदमै गर्वको महसुस भएको बताए ।

‘विभिन्न कठिनाईका बावजुद खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । पछिल्ला केही वर्ष पाकिस्तानी फुटबल कठिन समयबाट गुज्रिएको थियो । आज खेलाडीहरुले देशलाई गर्व बनाएको छ,’ साहिदले भने ।

पाकिस्तानले शनिबार फाइनलमा आयोजक नेपाल र भारतमध्ये एकसँग खेल्नेछ । बुधबार साँझ नै नेपालले दोस्रो सेमिफाइनलमा भारतको सामना गर्दैछ । खेल ५ः३० बजे सुरु हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो