माघ १६, २०८२ शुक्रबार | ०७:५६:११
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

टोलीको प्रदर्शनप्रति गर्व छः प्रशिक्षक डेन्डुप

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न नसके पनिभुटानका प्रशिक्षक छिरिङ डेन्डुपले खेलाडीहरुको साफ यात्रामा गर्व गर्न सक्ने धेरै कुराहरु रहेको बताए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा ६-५ ले पराजित गर्यो  । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीमा भएको थियो ।

पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल  गरे । 

भुटानका लागि किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरे । छैटौं प्रहार गर्न आएका छिरिम पेल्जाङको प्रहार भने साहिल गुलले बचाए ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै डेन्डुपले यी युवा खेलाडीको प्रदर्शन गर्व गर्न लायक रहेको र चाँडै नै सिनियर टोलीमा स्थान बनाउने बताए ।

‘पाकिस्तान बलियो टोली हो । हामीले डिफेन्सलाई बिट नै गर्न सकेनौं । हामीलाई आजको खेलमा गार्हो हुनेछ भन्ने थाहा थियो, किनभने हामीले पर्याप्त आराम समय पाएनौं । साथै काउन्टर अत्याकमा चुकेका कारण हामी सेमिफाइनल जान बन्चित भयौं, डेन्डुपले भने, ‘आउने दिनमा मैले यी खेलाडीहरुको भविष्य उज्ज्वल देख्छु । दुई खेलाडीले सिनियर टोलीमा स्थान बनाइसके । अब आउने १–२ वर्षमा यस टोलीमा भएका अधिकांश खेलाडीहरुले सिनियर टोलीमा स्थान बनाउनेमा म विश्वस्त छु । यी खेलाडीहरु व्यक्तिगत रुपमा पनि, पोजेसन अनुसार पनि एकदमै राम्रा छन् ।’

उता विजयी टोलीका प्रशिक्षक अम्ना साहिदले पहिलोपटक फाइनलमा पुग्दा एकदमै गर्वको महसुस भएको बताए ।

‘विभिन्न कठिनाईका बावजुद खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । पछिल्ला केही वर्ष पाकिस्तानी फुटबल कठिन समयबाट गुज्रिएको थियो । आज खेलाडीहरुले देशलाई गर्व बनाएको छ,’ साहिदले भने ।

पाकिस्तानले शनिबार फाइनलमा आयोजक नेपाल र भारतमध्ये एकसँग खेल्नेछ । बुधबार साँझ नै नेपालले दोस्रो सेमिफाइनलमा भारतको सामना गर्दैछ । खेल ५ः३० बजे सुरु हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।