चैत्र १८, २०८२ बुधबार | ०२:०८:५७
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

विशाल चितवनको मार्की खेलाडी

काठमाडौं । चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मार्की खेलाडीको रूपमा गोलकिपर विशाल श्रेष्ठलाई अनुबन्ध गरेको छ ।

क्लबले मंगलबार सामाजिक सञ्चालमार्फत विशाललाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

गत संस्करण चितवनको मार्की खेलाडीमा भरत खवास थिए । यसैगरीगत संस्करण बुटवल-लुम्बिनीमा मार्की खेलाडीका रूपमा अनुबन्ध भएका विशालले मछिन्द्र फुटबल क्लबबाट शीर्ष डिभिजन खेल्ने गर्छन् ।

गत संस्करण खराब प्रदर्शन गरेको चितवन एफसी पुछारमा रहँदा बुटवल-लुम्बिनीले  प्ले अफ खेलेको थियो ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

यसअघि नै १० टोली बनाउँदै आयोजक नेपाल स्पोर्टस एन्ड एभेन्ट म्यानेजमेन्ट प्रालीले  खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसमा कारण आयोजक ले असोज १९ गते पुनः अक्सन गर्दैछ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । यसअघिका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो