माघ ११, २०८२ आइतबार | ०१:२३:४३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

सिटीको लगातार छैटौं जित

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि जारी राखेको छ । शनिबार सम्पन्न खेलमा सिटीले नटिङ्घम फरेस्टविरुद्ध २-० को जित निकालेको हो ।

जितसँगै ६ खेलमा १८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ । पराजय ब्यहोरेको नटिङ्घम समान खेलबाट ७ अंकका साथ १० औं स्थानमा छ ।

घरेलु मैदान इतिहाद रंगशालमा सिटीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे ।

खेलको सातौं मिनेटमा फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । सात मिनेटपछि नै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी २-० ले विजयी भयो । ४६ औं मिनेटमा रोड्रीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

शनिबार नै सम्पन्न अन्य खेलमा लुटन टाउन र उल्भरह्यामटन १–१ तथा क्रिस्टल प्यालेस र फुलहम गोलरहित बराबरीमा रोकिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate