भाद्र २७, २०८२ शनिबार | ०८:४७:२३
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

तलब नपाएका कारण युभेन्टसलाई मुद्दा हाल्दै रोनाल्डो

Cristiano Ronaldo

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब युभेन्टसविरुद्ध मुद्दा हाल्ने भएका छन् ।

हाल साउदी अरबियन क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले तलब नपाएका कारण मुद्दा हाल्न लागेका हुन् ।

रोनाल्डो २०१८ देखि २०२१ सम्म युभेन्टसमा आवद्ध थिए । विभिन्न सञ्चार माध्यमका अनुसार युभेन्टसबाट रोनाल्डोले १९.९ मिलियन युरो लिन बाँकी छ । इटालियन सिरी ‘ए’ खेलेबापतको रकम लिन रोनाल्डोले निरन्तर प्रयास गरे । तर, क्लबको सकारात्मक जवाफ नआएपछि रोनाल्डो यो निर्णयमा आइपुगेका हुन् ।

स्पेनिस महारथी रियाल मड्रिडमा १० वर्ष बिताएपछि रोनाल्डो ट्युरिन आइपुगेका थिए । रोनाल्डोले युभेन्टसबाट दुई सिरी ए, एक कोपा इटालिया र एक सुपरकोपा इटालियानाको उपाधि जितेका थिए । तीन वर्षको इटाली बसाइमा रोनाल्डोले एक सय ३४ खेल खेल्दा एक सय १ गोल गरेका थिए ।

पछिल्लो समय खेलाडीहरुप्रति गर्ने व्यवहारका कारण युभेन्टसले धेरै आलोचना खेपिरहेको छ । गत शुक्रबार मात्र क्लब लिजेन्ड तथा पूर्व कप्तान लियोनार्दो बोनुचीले पनि क्लबविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

सामान्य सुविधा समेत नदिएको र विना सूचना टोलीबाट निकालेका कारण बोनुचीले युभेन्टसविरुद्ध मुद्दा हालेका थिए ।

 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS