काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलमा ५० खेल पुरा गरेका छन् ।
सोमबार नेपाल र म्यानमारबीचको दोस्रो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नवयुगले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै आफ्नो खेल सङ्ख्यालाई ५० पुर्याएका हुन् ।
खेलमा नेपाल म्यानमारसँग १-० ले पराजित भयो । त्रिभुवन आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका नवयुगले ७२ औं मिनेटमा आफ्नै क्लब सहकर्मी, दोस्रो अन्तर्राष्ट्रिय अनुभव बटुलिरहेका जिलेस्पीजंग कार्कीलाई प्रतिस्थापन गरेका थिए ।
नवयुगले सन् २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले नेपालका लागि आठ गोल गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
