काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीलाई ४–१ ले हराएको छ ।
शनिबार राति भएको खेलमा जापानले सुरुआती अग्रता जोगाउँदै सहज जित निकालेको हो । जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले समान एक गोल गरेका हुन् । जर्मनीको लागि एकमात्रै गोलल लेरोए सानेको नाममा रह्यो ।

विश्व विजेता जर्मनीविरुद्ध जापानले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो । जापानविरुद्ध काइ हाभार्ट, साने, सर्ज जिनाब्री, कप्तान इल्काय गुन्डोगानले कयौं अवसर बनाएपछि फिनिसिङमा चुकेका थिए ।
मैत्रीपूर्ण खेलमै जानीले १३ सेप्टेम्बरमा फ्रान्स तथा जापानले टर्कीसँग खेल्ने तालिका छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
