चैत्र १२, २०८२ बिहीबार | २१:१६:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साफ च्याम्पियनसिपः माल्दिभ्समाथि फराकिलो जित निकाल्दै भारत फाइनलमा

काठमाडौं । माल्दिभ्सविरुद्ध ८-० को सहज जित निकाल्दै भारत दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु-१६ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन एमडी अर्बास र ऐबोर्लाङ खरथाङमावले समान दुई तथा मानभकुपर मलङ्गियाङ, विशाल यादव, मोहम्मद कैफ र लेविस जाङ्गमिलुङ्गले समान एक गोल गरे ।

खेलको २२ औं मिनेटमा विशालको गोलमार्फ भारतले अग्रता लिएको थियो । ३६ औं मिनेटमा मोहम्मदले टोलीको अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा लेविसले टोलीका लागि तेस्रो गोल गरे । ६२ औं मिनेटमा ऐबोर्लाङले गोल गर्दा भारत ४-० ले अगाडी बढ्यो ।

आठ मिनेटपछि मानभकुपरले टोलीका लागि पाँचौं गोल गरे । ७७ औं मिनेटमा एमडीले गोल गर्दै भारतलाई ६-० ले अगाडी बढाए ।

८२ औं मिनेटमा ऐबोर्लाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरे । दुई मिनेटपछि एमडीले व्यक्तिगत दोस्रो गोल गर्दै भारलताई ८-० को फराकिलो जित दिलाए ।

भारतले उपाधिका लागि पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो