चैत्र १४, २०८२ शनिबार | ०९:४०:२४
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

साफ यु-१६ च्याम्पियनसिपः नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल भुटानमा जारी दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु-१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार सम्पन्न समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल पहिलो चरणबाटै बाहिरिएको हो । यसअघि समूह चरणको पहिलो खेलमा सोमबार नेपाल बंगालेदशसँग पनि १-० ले पराजित भएको थियो ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन एमडी अर्बासले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । एमडीले ३३ औं मिनेटमा विशाल यादवको क्रसमा सुन्दर गोल गरेका थिए ।

यसबीच खेलको अधिकांश समय भारत नेपालमाथि हाबी रह्यो । खेलको आठौं मिनेटमा लेभिस जाङमिन्लुनको प्रहार बारमा लागेर बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि याफरेम्बा चिंगाखमको शक्तिशाली प्रहार दोस्रो बारको केही पर गएपछि नेपालको खतरा टरेको थियो । दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन नसक्दा खेल १-० मा टुंगियो ।

जितसँगै भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि भारतले बंगलादेशलाई १-० ले नै हराएको थियो । एक जितका साथ बंगलादेश पनि उपविजेतको हैसियतले सेमिफाइनल पुग्याे । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो