चैत्र १४, २०८२ शनिबार | २०:५५:३१
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

२० औं गाईजात्रा कपको उपाधि गोदावरी युनाइटेडलाई

काठमाडौं । २० औं दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिताको उपाधि ठैवको गोदावरी युनाइटेड फुटबल क्लब  जितेको छ ।

स्वर्गीय दिनेश स्याङटानको स्मृतिमा गोदावरी नगरपालिका वडा नं ३, गोदावरीको स्थानिय क्लब नमुना स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा गोदावरीले फाइनलमा टिम मिनवालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको हो ।

बिहिबार भएको फाइनल खेलमा निर्धारित ४० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा नतिजाको छिनोफानो पेनाल्टीबाट भएको थियो । जसमा जित अरुण लामाको कप्तानीमा रहेको गोदावरी युनाइटेडको भयो ।

गोदावरी युनाइटेडका लागि अरुण, बिक्की महर्जन, आशिष शाही र सोनित दाहालले गोल गरे । उता मिनवाका लागि लक्ष्मण शाही, जोर्डन मगर र भोजराज मगरले गोल गरेका थिए ।

गोदावरी युनाइटेडको जितमा ओम थापा क्षेत्री नायक रहे । गोलकिपर ओमले टाइब्रेकरमा दुई प्रहार बचाए । विजेता गोदावरी युनाइटेडले ३३ हजार ३ सय ३३ प्राप्त गर्दा दोस्रो भएको मिनवाले २२ हजार २ सय २२ रुपैयाँ पायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपर क्रमशः अरुण र ओम घोषित भए ।

हरेक वर्ष गाईजात्राको अवसर पारेर नमुना स्पोर्टस क्लबले ‘गाईजात्रा कप’प्रतियोगिताको आयोजना गर्दै आएको छ । एक दिने प्रतियोगितामा यस पटक आठ टोलीको सहभागिता थियो ।

फाइनलअघि खेल पत्रकार र आयोजकका पदाधिकारीबीच मैत्रीपूर्ण खेल पनि भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो