चैत्र १३, २०८२ शुक्रबार | ०८:२६:४५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

डुरान्ड कपः आर्मी तेस्रो खेलमा आज हैदराबादसँग खेल्दै

काठमाडौं । समूह चरणबाट बाहिरिसकेको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको अन्तिम खेलमा आज (मंगलबार) हैदराबाद एफसीसँग खेल्दैछ ।

समूह ‘इ’को अन्तिम खेल दिउसो ३ः१५ बजे सुरु हुनेछ । आर्मी इन्डियन सुपर लिग (आईएसएल) टोली हैदराबादलाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । हैदराबादले प्रतियोगितामा दोस्रो टोली पठाएको छ ।

नियमित कप्तान भरत खवास र सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका युवा स्ट्राइकर जिलेस्पीजंग कार्कीलाई भने नेपाली सेनाले टोली राखेकाे छैन 

प्रतियोगितामा दुबै टोलीको दुई खेलबाट एक अंक मात्रै छ । गोलअन्तरको आधारमा आर्मी पुछारमा छ । तीन खेलबाट सत प्रतिशत जित निकालेको चेन्नई एफसी क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । दुई अंकको दिल्ली एफसीपनि बाहिरिसकेको छ ।

भारतीय सेनाले आयोजना गर्ने डुरान्ड कप एक सय ३२ वर्षे पुरानो प्रतियोगिता हो ।

मेघराज केसीको प्रशिक्षणमा आर्मी पहिलो खेलमा दिल्लीसँग १–० को अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको थियो । दोस्रो खेलमा भने चेन्नईसँग ३–० ले पराजित भयो । नवयुग श्रेष्ठको कप्तानीमा आर्मीले पहिलो पटक डुरान्ड कप खेलेको हो ।

नियमित कप्तान भरत खवास र सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका युवा स्ट्राइकर जिलेस्पीजंग कार्कीलाई भने नेपाली सेनाले टोलीमा समावेश गरेन ।

भारतीय सेनाले आयोजना गर्ने डुरान्ड कप एक सय ३२ वर्षे पुरानो प्रतियोगिता हो । नेपाली सेना र बंगलादेश सेनालाई पहिलो पटक प्रतियोगितामा आमन्त्रण गरिएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो