माघ ९, २०८२ शुक्रबार | १६:२२:४८
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

राष्ट्रिय फुटबल टोली सोमबार घर फर्किँदै, प्रशिक्षक अल्मुताइरी टोलीसँग नआउने

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्सको मालेबाट भोली सोमबार काठमाडौं फर्किने भएको छ । 

मालेबाट त्यहाँको स्थानीय समयअनुसार आइतबार राति नौं बजे उड्ने राष्ट्रिय टोली कतार एयरलाइन्सको विमानबाट दोहा हुँदै सोमबार बिहान नौं बजे काठमाडौं आइपुग्ने टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले खेलाडीलाई जानकारी गराए ।

टिमसँग कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल आउने छैनन् । उपाध्यायका अनुसार अल्मुताइरी उतैबाट केही दिनका लागि आराम गर्न घर जानेछन् । 

‘उहाँ केही दिन घरमा परिवारसँग आराम गरेपछि काठमाडौं फर्किनुहुन्छ,’ उपाध्यायले भने । 

अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल पुगेपछि यही प्रतियोगिता नेपाली टोलीसँग आफ्नो लागि अन्तिम हुने बताएका थिए । 

मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा भारतसँग ३-० को नतिजामा पराजित भएपछि पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य असफल भएको थियो । 

रक्षात्मक प्रदर्शनलाई जोड दिएको नेपालले साविक विजेता माल्दिभ्सलाई हराउँदै सुरु गरेको प्रतियोगिता यात्रामा श्रीलंकामाथिको जित र बंगलादेशसँगको बराबरी नतिजा थपेर पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको थियो । 

समूह चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो । समूह चरणमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकामाथि ३-२ को विजयी नतिजा निकालेको थियो । भारतसँग १-० को नतिजामा पराजित भएपछि राउन्ड रोबिन पद्दतिमा गरिएको प्रतियोगिताको फाइनल पुग्न पहिलो चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै आवश्यक एक अंक जोडेको थियो । 

पछिल्लो डेढ महिनाको बीचमा नेपालले भारतसँग खेलेको चौथो खेलमा शनिबार तेस्रो हार भोगेको थियो । साफ च्याम्पियनसिपमा भारतविरुद्ध दुई खेल खेलेको नेपालले त्यसअघि काठमाडौंमा दूई मैत्रीपूर्ण खेलको शृंखलाका लागि दक्षिणको छिमेकीलाई आतिथ्य प्रदान गरेको थियो । 

मैत्रीपूर्ण शृंखलाको एउटा खेलमा १-१ को बराबरी नतिजा निकालेको नेपालले दोस्रो खेलमा भने २-१ को हार स्वीकारेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate