चैत्र १२, २०८२ बिहीबार | ०३:११:५४
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

फिफा महिला विश्वकपः नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्स र साबिक विजेता अमेरिका समूह ‘इ’ बाट फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा मंगलबार भियतनामविरुद्ध ७-० को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह विजेता बन्यो ।

जितसँगै तीन खेलमा सात अंक जोड्यो । तीनै खेलमा पराजय ब्यहोरेको भियतनाम अंकविहिन हुँदै बाहिरियो ।

यसअघि पोर्चुगललाई हराएको नेदरल्यान्ड्सले अमेरिकासँग बराबरी खेलेको थियो । भियतनाम पोर्चुगल र अमेरिकासँग पनि पराजित भएको थियो ।

न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुर्ड र एस्मी ब्रुग्ट्सले समान दुई तथा डेनियल भान डे डन्क, काट्जा स्नोइज र लाइके मार्टेन्स समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा मार्टेन्सको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तीन मिनेटपछि नै स्नोइजले टोलीको अग्रता दोब्बर बनाइन् ।

१८औं मिनेटमा ब्रुग्ट्स र २३औं मिनेटमा रुर्डले गोल गरेपछि नेदरल्यान्ड्सले ४-० को आरामदायी अग्रता लिएको थियो । ४५औं मिनेटमा डोन्कले टोलीका लागि पाँचौ गोल गरिन् ।

५७औं मिनेटमा ब्रुग्ट्सले ब्यक्तिगत दोस्रो गोल गर्दा टोली ६-० ले अगाडी बढ्यो । खेल सकिन सात मिनेट बाँकी छँदा रुर्डले ब्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ७-० को फराकिलो जित दिलाइन् ।

न्यूजिल्यान्डको इडेन पार्कमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिकाले उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो ।

यो नतिजासँगै अमेरिकाले ३ खेलमा पाँच अंक जोड्यो । समान खेलबाट चार अंकका साथ पोर्चुगल तेस्रो स्थानमा रहेर बाहिरियो ।

यसअघि भियतनामलाई हराएको अमेरिका नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको थियो । नेदरल्यान्ड्ससँग पराजित पोर्चुगलले भियतनामलाई हराएको थियो ।

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो