माघ १७, २०८२ शनिबार | १९:३७:२०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

फिफा महिला विश्वकपः नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६ मा

काठमाडौं । नेदरल्यान्ड्स र साबिक विजेता अमेरिका समूह ‘इ’ बाट फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा मंगलबार भियतनामविरुद्ध ७-० को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह विजेता बन्यो ।

जितसँगै तीन खेलमा सात अंक जोड्यो । तीनै खेलमा पराजय ब्यहोरेको भियतनाम अंकविहिन हुँदै बाहिरियो ।

यसअघि पोर्चुगललाई हराएको नेदरल्यान्ड्सले अमेरिकासँग बराबरी खेलेको थियो । भियतनाम पोर्चुगल र अमेरिकासँग पनि पराजित भएको थियो ।

न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रुर्ड र एस्मी ब्रुग्ट्सले समान दुई तथा डेनियल भान डे डन्क, काट्जा स्नोइज र लाइके मार्टेन्स समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा मार्टेन्सको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तीन मिनेटपछि नै स्नोइजले टोलीको अग्रता दोब्बर बनाइन् ।

१८औं मिनेटमा ब्रुग्ट्स र २३औं मिनेटमा रुर्डले गोल गरेपछि नेदरल्यान्ड्सले ४-० को आरामदायी अग्रता लिएको थियो । ४५औं मिनेटमा डोन्कले टोलीका लागि पाँचौ गोल गरिन् ।

५७औं मिनेटमा ब्रुग्ट्सले ब्यक्तिगत दोस्रो गोल गर्दा टोली ६-० ले अगाडी बढ्यो । खेल सकिन सात मिनेट बाँकी छँदा रुर्डले ब्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ७-० को फराकिलो जित दिलाइन् ।

न्यूजिल्यान्डको इडेन पार्कमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिकाले उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो ।

यो नतिजासँगै अमेरिकाले ३ खेलमा पाँच अंक जोड्यो । समान खेलबाट चार अंकका साथ पोर्चुगल तेस्रो स्थानमा रहेर बाहिरियो ।

यसअघि भियतनामलाई हराएको अमेरिका नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको थियो । नेदरल्यान्ड्ससँग पराजित पोर्चुगलले भियतनामलाई हराएको थियो ।

 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।