चैत्र १३, २०८२ शुक्रबार | ०५:४९:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मेसीको डेब्यु गोलमा मियामीको जित

काठमाडौं । कप्तान लियोनल मेसीको डेब्यु गोलमा इन्टर मियामी विजयी भएको छ । शनिबार विहान भएको लिग कपमा इन्टर मियामीले क्रुज अजुललाई २–१ अन्तरले हराएको हो ।

समूह ‘जे’ को खेलमा मियामीलाई जिताउन रोबर्ट टेलर र मेसीले गोल गरेका थिए । खेल १–१ को अवस्थामा मेसीले विजयी गोल गरेका थिए । जितपछि मियामी तीन अंकसहित शीर्षस्थानमा रहेको छ ।

खेलको ४४औं मिनेटमा टेलरले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । ६५औ मिनेटमा उरियल अन्तुनाले गोल गर्दै क्रुजलाई बराबरीमा ल्याएका हुन् ।

भिआरभी पिएनके मैदानमा मेसीले ५१औं मिनेटमा डेब्यु गरेका थिए । ९० मिनेटपछिको इन्जुरी समयमा आफैलाई बक्सबाहिर लडाएपछि पाएको फ्रिकिकलाई मेसीले सदुपयोग गरेका थिए ।

हजारौ दर्शकमाझ मेसीसहित सर्जियो बुस्क्वेटले पनि मियामीको लागि डेब्यु  गरेका छन् ।

मेसीले विजयी गोलपछि आफु खुसी भएको बताएका छन् । ‘डेब्यु गोलमा म धेरै खुसी छु,’ मेसीले भनेका छन् । ‘मैले सधै यो फ्रिकिकको लागि प्रयास गरे । आज भाग्यशाली पनि रहे । गोल भए,’ कप्तान मेसीले खेलपछि भनेका छन् ।

मेसीले क्रसबार च्यापेर हानेको प्रहार सिधै जाली चुमेको थियो । खेलमा इन्टरले बल पकड बनाएपछि फिनिसिङमा चुकेको थियो । हजारौ दर्शकमाझ मेसीसहित सर्जियो बुस्क्वेटले पनि मियामीको लागि डेब्यु  गरेका छन् ।

स्पेनिस महारथी बार्सिलोनाका पूर्व खेलाडीद्वय मेसी र बुस्क्वेटले अघिल्लो साता मियामीमा अनुबन्ध भएका थिए । मेसी दुई वर्ष पेरिस सेन्ट जर्मेनको बसाईपछि अमेरिका पुगेका हुन् । उनलाई अनुबन्ध गर्न साउदी प्रो लिग क्लबहरु तयार थिए । तर, मेसीले अमेरिका रोजेका हुन् ।

मेसीले कतारमा आयोजना भएको फिफा विश्वकप उपाधि जितेका छन् । सात पटक बालोन डि ओर विजेता मेसीले १० पटक ला लिगा र चार पटक च्याम्पियनन्स लिग बार्सिलोनाको लागि जितेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो