काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोलीको निमार्ण खुला छनोटबाट गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना प्रदेश र जिल्ला संघहरुलाई पत्र लेख्दै छनोट कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।
एन्फाले पठाएको पत्र अनुसार खुला छनोट ३ चरणमा हुनेछ ।
जिल्ला फुटबल संघले साउन १ देखि ४ गते सम्म पहिलो चरणको छनोट कार्यक्रम आयोजना गर्नेछन् । दोस्रो चरणको छनोट साउन ६ देखि १४ सम्म प्रदेश फुटबल संघको आयोजनामा हुनेछ ।
यसैगरी एन्फाले तेस्रो तथा अन्तिम चरणको छनोट कार्यक्रम साउन १६ देखि २० सम्म गर्नेछ ।
यू-१६ च्याम्पियनसिप भदौ १५ देखि २५ सम्म भुटानमा हुँदैछ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3